
प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट : क्रमिक सुधार छ
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताउनुभयो ।
चिकित्सकहरुको भनाई उदृत गर्दै पोखरेलले भन्नुभयो, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । बिहान कालो चिया खुवाइएको छ ।’ उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षामन्त्री संगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन् ।
