कमरेडहरू ! कि भाैतिकवाद छाडाैं, कि काल्पनिक शक्तिकाे पुजाअर्चना छाडाैं !!

राजन पाैडेल
काठमाडौं

नेकपाकाे मुल दर्शन/धर्म(धारणा)/विचार मार्क्सवाद हाे। मार्क्सवाद भन्नू भाैतिकवाद हाे। नियमित संस्कार/संस्कृति मनाेरञ्जन र लाेकसंस्कृति कायम राख्नकै लागि मार्क्सवादीहरूले केही स्वभाविक संस्कारहरू जस्तै: जन्मदिन, विवाह तथा शाेक संस्कारलाई सरल र सामान्य खर्चमा मान्न सक्छन् । मितव्ययी तरिकाले शाेक र उत्सव मनाउन सक्छन्। तर मार्क्सवाद मान्ने अाफ्नै नेता बिरामी हुँदा काल्पनिक र रहस्यमयी देउताकाे पुजा, अर्चना र धुपदिप चाहिँ नमिल्दाे कुरा हाे। भाैतिकवादी विज्ञान पढेर डाक्टर भएकाे व्यक्तिले राेगी निकाे हाेस् भनेर कुखुराे काटेर खाेल्छाकाे भुत मन्सेकाे जस्तै हाे।

अाकाशमास्तिर कुनै रहस्यमयी र अथाह शक्ति भएकाे काेही पनि भयंकर प्रभु/देउताे/देवी काेही भएकाे भए जगतमा यतिसम्म अत्याचार हुँदा तिनले अवश्य न्याय र समताका लागि केही गर्थे। र, ती शक्तिवालालाई धुप, दिप, नैवैध्य, अाराधना गर्दैमा (घुस खुवाउँदैमा) तल भुगाेलका मान्छेलाई केही हुनेवाला छैन। यति सत्य बुझाउनका लागि घनश्याम भुषाल र राम कार्कीहरूले गाउँगाउँ गएर कसैलाई मार्क्सवाद पढाउन नपर्ला।

अाफूलाई मार्क्सवादी र कम्युनिष्ट भन्ने मित्रहरूले यति बुझ्नुपर्ला। ख्याल गर्दा उचित हाेला-कम्युनिष्टहरूले इतर विचारका ठान्ने विपी काेइराला देउता/स्वर्ग/नर्कमा विश्वास गर्थेनन्। उनले अाफ्नाे श्राद्धकर्म (१३ दिने सराद्ध) पनि नगर्न भनेका थिए! कमरेडहरू, कि भाैतिकवाद छाडाैं, कि कथानक/काल्पनिक शक्तिकाे पुजाअर्चना छाडाैं। थप पढाैं।