गाेकुल बाँस्काेटा दाेषी हुन् भन्ने प्रमाण छैन, मेराे राष्ट्रभक्तिमा शंका नगर्नु – प्रधानमन्त्री अाेली

मूलखबर संवाददाता
काठमाडौं

 सत्तारूढ दल नेकपाका अध्यक्ष एवम्  प्रधानमन्त्री केपी शर्मा ओलीले अाफूमाथि अनावश्यक र अनर्गल अाराेप लगाइएको भन्दै सरकार ठीक बाटोमा हिँडिरहेको दावी गर्नुभएको छ ।

बिहीबार नेकपाकाे बागमती प्रदेशकाे अायाेजनामा भएको प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्री अाेलीले गाेकुल बाँस्कोटाकाे अडियाे काण्ड, जन्मदिनको केक प्रसंग र अन्य विभिन्न टिप्पणीहरूकाे प्रतिवाद मात्रै गर्नुभएन, बचाउ पनि गर्नुभयाे ।

अाेलिले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको भनेको अडियो सार्वजनिक भएकोमा उक्त ‘अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको’ दाबीसमेत गर्नुभयाे ।

वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भन्नुभयाे, ‘अनधिकृत मान्छेले ल्याएको टेप उचालियो। यसमा कुनै प्रमाण छैन।

स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको ओलीले उल्लेख गर्नुभयाे । नेकपाका अध्यक्षसमेत रहेका उहाँले भन्नुभयाे ‘नाम जोडिएकाले उहाँले नैतिकताको आधारमा राजीनामा गर्नुभयो। भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो।’

प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्‍नुपर्ने बताए।
त्यसैगरि अाफू जन्मदिनको अवसरमा पहिलोपटक जन्मघर जाँदा उत्सव भएको र खुशि मनाएकाे कुरालाई अनावश्यक विवाद र अालाेचना गरेकाे भन्दै अाेलीले अाफू देशको लागि काम गर्न बनँचेकाले अाफ्नाे राष्ट्र भक्ति प्रति कुनै शंका नगर्न अाग्रह गर्नुभयाे ।