कोरोनाको सकस : विश्वव्यापी महामारीको खतरा (कहाँ कति मृत्यु, कति संक्रमित ?)

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १३ फागुन ।
कोरोना भाइरसले उत्तरी छिमेकी देश चिनमा दुई हजार भन्दा वढिको ज्यान गइसकेको मात्रै होइन प्रकोप चीनमा तुलनात्मक रुपमा केही कम भए पनि इरान, दक्षिण कोरिया र इटालीमा भने बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले यसलार्य विश्वव्यापी महामारीको खतरा भन्दै सतर्कता अपनाउन सबैलाई अपील गरेको छ । मंगलबार बिहानसम्म कोरोना भाइरसका कारण चिन बाहेकका देशमा १२ जनाको मृत्यु भएको छ ।

चीनबाहिर कोरोना भाइरसका कारण इरानमै धेरै जनाको मृत्यु भएको हो। इरानी सञ्चारमाध्यमहरुका अनुसार इरानमा अहिलेसम्म ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै २५० भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ।

इरानमा फेबु्रअरी १३ मा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको थियो। इरानले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सबै विद्यालय, विश्वविद्यालय तथा साँस्कृति केन्द्रहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको प्रकोपसँग जुधिरहेको इरानलाई अमेरिकाले लगाएको प्रतिबन्धका कारण थप समस्या हुने बताइएको छ। इरानको अर्थतन्त्र र स्वास्थ्य क्षेत्र अमेरिकी प्रतिबन्धका कारण नराम्रोसँग प्रभावित भएको भन्दै मानवअधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन्।

दक्षिण कोरियामा संक्रमण फैलिँदै

दक्षिण कोरियामा कोरोना भाइरसका कारण मंगलबार बिहानसम्म ९ जनाको मृत्यु भएको छ। सोमबार कोरियामा थप ६० जनामा संक्रमण देखिएको छ। मंगलबार बिहानसम्म दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ८९३ पुगेको छ।

दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सतर्कता बढाएको छ। राष्ट्रपति मून जाय इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्व र शक्तिशाली कदम’ मा जोड दिँदै उच्च सतर्कता बढाइएको घोषणा गरेका हुन्।

इटालीमा ७ को मृत्यु, २३१ संक्रमित

चीन र दक्षिण कोरियापछि युरोपेली मुलुक इटालीमा कोरोना संक्रमणको बढी असर देखिएको छ। मंगलबार बिहानसम्म इटालीमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ भने २३१ जनामा संक्रमण पुष्टि भएको छ। इटालीको राष्ट्रिय नागरिक सुरक्षा सेवाले दिएको जानकारीअनुसार १०१ जनालाई अस्पताल भर्ना गरिएको छ भने २७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। त्यस्तै ९४ जनालाई आइसोलेसनमा राखिएको छ।

युरोपमै सबैभन्दा बढी कोरोनाको असर देखिएपछि सोमबार विश्व स्वास्थ्य संगठनका विज्ञहरु इटाली पुगेका छन्। इटालीका अधिकारीहरुसँग उनीहरुले कोरोनाको असरका बारेमा बुझ्ने र थप आवश्यक कदम चाल्ने बताएका छन्।

चीनमा थप ७१ को मृत्यु, ५०९ संक्रमित

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार चीनमा थप ५०९ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिएको छ। स्वास्थ्य आयोगले हुबेई प्रान्तमा ९ जनामा मात्रै संक्रमण देखिएको भन्दै कोरोना प्रकोप नियन्त्रणको बाटोमा रहेको जनाएको छ। त्यस्तै सोमबार चीनमा थप ७१ जनाको मृत्यु भएको छ।

मंगलबार बिहानसम्म कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या २६६३ पुगेको छ। त्यस्तै ७७ हजार ६ सय ५९ मा संक्रमण देखिएको छ। चीनबाहिर विभिन्न मुलुकमा गरी ३८ जनाको मृत्यु भएको छ। त्यस्तै २७ हजारभन्दा बढी संक्रमित निको भइसकेको विश्‍व स्वास्थ्य संगठनले जनाएको छ।

कहाँ कति मृत्यु, कति संक्रमित ?

७७,६५९( २७,३४२ निको भइसकेकाे)
दक्षिण कोरिया ८९३(२२ जना निको भइसकेकाे)
जापान+डायमन्ड क्रुज १+४ १५९+६९१(२३+२ जना निको भइसकेकाे)
इटाली २३१(१ जना निको भइसकेकाे)
इरान १२ ६१(३ जना निको भइसकेकाे)
हङकङ ८१(१२ जना निको भइसकेकाे)
सि‌ंगापुर ९०(५३ जना निको भइसकेकाे)
अमेरिका ५३(६ जना निको भइसकेकाे)
थाइल्यान्ड ३५ (२१ जना निको भइसकेकाे)
ताइवान ३०(२ जना निको भइसकेकाे)
अस्ट्रेलिया २२(११ जना निको भइसकेकाे)
मलेसिया २२(२० जना निको भइसकेकाे)
जर्मनी १६(१४ जना निको भइसकेकाे)
भियतनाम १७(१५ जना निको भइसकेकाे)
बेलायत १३(८ जना निको भइसकेकाे)
यूएई १३ (३ जना निको भइसकेकाे)
फ्रान्स १२(११ जना निको भइसकेकाे)
क्यानडा ११(३ जना निको भइसकेकाे)
मकाओ १०(५ जना निको भइसकेकाे)
कुवेत
फिलिपिन्स ३(२ जना निको भइसकेकाे)
भारत ३(निको भइसकेकाे)
स्पेन ३(२ जना निको भइसकेकाे)
बहराइन
इजरायल
ओमान
रुस २(निको भइसकेकाे)
अफगानिस्तान
बेल्जियम १ (निको भइसकेकाे)
कम्बोडिया १ (निको भइसकेकाे)
इजिप्ट १(निको भइसकेकाे)
फिनल्यान्ड १(निको भइसकेकाे)
इराक
लेबनान
नेपाल १ (निको भइसकेकाे)
श्रीलंका १ (निको भइसकेकाे)
स्विडेन

स्रोत : विश्‍व स्वास्थ्य स‌ंगठन, चिनियाँ स्वास्थ्य आयोग र विभिन्‍न न्युज एजेन्सीहरु