कांग्रेस संसदीय दलको बैठक गर्यो संसद बैठक अबरुद्ध गर्ने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २४ माघ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वाग्रहपूर्ण ढंगले संवैधानिक आयोगलाई दबावमा पारेर दलका उपनेता विजय कुमार गच्छदारलाई मुद्धा दायर गरेको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गर्ने भएको छ ।

सिंहदरबारमा बसेको दलको बैठकले सरकारले सुनियोजित ढंगले स्वतन्त्र आयोगलाई दबाव दिएर पूर्वाग्रह प्रेरित भइ मुद्धा अगाडी बढाएको भन्दै शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्धाले संवैधानिक निकायहरुको निष्पक्षता र स्वतन्त्रतालाई कमजोर बनाएको बताउनुभयो ।

कांग्रेसका उपसभापति गच्छदार विरुद्ध राजनीतिक प्रतिसोधका कारण मुद्धा दायर गरिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘कतिले जग्गा खरिद गरेका छन् । र कतिलाई जग्गा फिर्ता गर्दा आयोगले मुद्धामा सामेल गरेको छैन् । तत्कालिन प्रधानमन्त्री जसको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तारको गुरु योजनाको प्रस्ताव त्यो प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको छ । यसरी राजनीति प्रेरित खालको मुद्धा कांग्रेस नेतालाई चलाइएको छ । यसैको विरोध पार्टीले गरेको हो ।’

लोकतन्त्रमा कानून सबैका लागि बराबर हुने उहाँले बताउनुभयो । कानूनले कसैलाई उन्मुक्ति दिने र कसैलाई सजाय हुने प्रावधान नहरेको बताउनु हुँदै उहाँले संविधानको बर्खिलाप हुने गरी मुद्धा दायर भएको बताउनुयो ।