सभामुखमा अग्नि सापकाेटा सर्वसम्मत उम्ममेदवार, नेकपा थप एकताबद्ध

मूलखबर संवाददाता
काठमाडौं

लामाे अन्याैलताकाे अन्त्य गर्दै सत्तारूढ दल नेकपाले स्थायी समिति सदस्य तथा पुर्व मन्त्री अग्नी सापकाेटालाई सर्वसम्मत रूपमा सभामुख बनाउने निर्णय गरेकाे छ । पार्टीको अाईतबार बालुवाटारमा सम्पन्न सचिवालय बैठकले नेता सापकोटालाई एकमतले प्रतिनिधिसभाकाे सभामुख बनाउने निर्णय गरेकाे हाे ।

सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि खालि रहेकाे पदमा नेकपाले नै उम्मेदवारी दिने निर्णय यश अघि सचिवालय बैठकले गरेकाे थियाे । उम्मेदवार चयनकाे विषयमा भने अाजमात्रै अध्यक्षद्वय प्रधानमन्त्री केपी अाेली र पुष्पकमल दाहाद प्रचण्डबीचकाे छलफल भएपछि सहमति बनेको थियाे ।

सभामुखमा सापकाेटाकाे उम्मेदवारी सर्वसम्मत भएपछि यशअघि टिप्पणी र अाशंका गरिएको विवाद र अन्य कुरा झुटाे सावित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बाैद्धिक नेतामध्ये अग्रस्थानमा पर्छन् नेता अग्नि सापकाेटा। उनी राजनीतिक दृष्टिले दूरदर्शी, अभिव्यक्ति कलाका दृष्टिले सन्तुलित, कुटनीतिक दृष्टिले हस्तसिद्ध पनि छन्। मजस्ता धेरै युवाहरु उहाँकाे व्यक्तित्वबाट प्रभावित छन्। प्रतिनिधि सभाले सापकाेटा जत्तिकाे व्यक्तित्व पाउनुले तत्कालका लागि नेपालले राष्ट्रिय हित, स्वाधीनता गुमाउनुपर्ने चुनाैति टरेकाे छ। उनकाे राजनीतिक पृष्ठभूमि र वर्तमानले सापकाेटा राष्ट्रिय स्वाधीनताका पक्षमा अबिचलित याेद्धा रहेकाे प्रमाण बाेल्दछ। सभामूखमा सापकाेटाकाे चयनले देशभक्त याेद्धाहरुकाे मनाेबल थप उच्च भएकाे छ।