यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उपसभामुख अडान कायमै, के सभामुख गुमाउन चाहन्छ नेकपा ? के हुन्छ एकता ? उपसभामुख अडान कायमै, के सभामुख गुमाउन चाहन्छ नेकपा? के हुन्छ एकता? मूलखबर संवाददाता काठमाडौं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख पदको उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।. प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वयबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा उम्मेदवार टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो । विगत लामो समयदेखि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले सभामुख उम्मेदवार टुंगो लगाउन छलफल गरेपनि सहमति जुटन सकेको छैन । अध्यक्षद्वयबीच बिहीबार भएको छलफलमा समेत केही सहमति जुट्न सकेन ।. अध्यक्षद्वय आ–आफ्नै अडानमा रहेका कारण सहमति जुटन सकेको छैन । नेकपाबाट सभामुखको उम्मेदवार बन्न स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा र पम्पा भुसालले दाबी गर्दै आएका छन् । यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले समेत सभामुख हुन लबिङ गर्दै छिन् ।. राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख तुम्बाहाङ्फे, ओली नेम्वाङ, दाहाल सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भुसाललाई सभामुख बनाउनुपर्ने रणनीतिमा लागेका छन् । यता, नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटक–पटक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ ।. संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसद्को प्रतिनिधिसभा बैठक जसरी पनि अगाडि बढाउने बताएकी उपभामुख डा. तुम्बाहाङ्फेले अन्ततः आफैंले बैठक स्थगित गर्दै आएकी छन् । गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।. संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको व्यक्ति हुनुपर्छ । झन्डै दुई तिहाइ बहुमतसहितको नेकपाले सभामुख छोड्न चाहेको छैन । तर, नेकपाबाटै उपसभामुख भएकी तुम्बाहाङ्फेले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्यो भने नेकपाले सभामुख पदमा उम्मेदवारी दर्ता गर्न पाउनेछैन ।. पार्टीको निर्णय नमानेर संसदलाई बन्धक बनाइरहेकी उपसभामुखकाे रबैयाले नेकपाकाे अान्तरिक राजनीति मात्रै हाेईन जनस्तरसम्म नकारात्मक सन्देश फैलिइसकेकाे छ । उनले राजिनामा नगरेमा सभामुख पद अन्य दललाई दिनुपर्ने संवैधानिक व्यवस्था भएकोले उनले राजिनामा नगरि संसदकाे प्रक्रिया नै अगाडि बढ्न सक्दैन ।. तर उनलाई राजिनामा नगराउन भुमिका खेल्नेहरूले जनताकाे अगाडि पार्टीको साख गिराउने काम गरेकाे तथा पुर्व माअाेवादी खेमालाई अपमान गरेकाे नेता हरिबाेल गजुरेलले बताए । गजुरेलका अनुसार उपसभामुखकाे अावरणमा जे गरिएको छ त्याे गतिविधिले पुर्व माअाेवादीलाइ वाइपास गरेर सभामुख नै नेकपाकाे हातबाट गुमाउने षड्यन्त्र भइरहेकाे छ । अहिले अध्यक्ष अाेली र राष्ट्रपति विद्या भण्डारीकाे उक्साहटमा उपसभामुख ले अड्काे थाप्ने र अन्तमा पुर्वमाअाेवादी लाई कुनै हालतमा सभामुख हुन नदिने बरू कांग्रेस वा राजपालाइ सभामुख दिने षड्यन्त्र हुन थालेकाे छ ।. पुर्व माअाेवादीले सभामुख अाफ्नाे तर्फबाट हुनुपर्ने नयाँ अडान नभई पुरानै एकताकाे सहमतिमा अाधारित भएकोले यसमा बहस नै अावश्यक नभएको बताउँदै अाएकाे छ । सभामुख दिन नचाहनुले पार्टी एकतामा समेत गम्भीर अाशंका पैदा भएको पुर्व माअाेवादी नेताहरूकाे भनाइ छ ।.
उपसभामुख अडान कायमै, के सभामुख गुमाउन चाहन्छ नेकपा ? के हुन्छ एकता ?
मूलखबर संवाददाता
काठमाडौं
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख पदको उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वयबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा उम्मेदवार टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो । विगत लामो समयदेखि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले सभामुख उम्मेदवार टुंगो लगाउन छलफल गरेपनि सहमति जुटन सकेको छैन । अध्यक्षद्वयबीच बिहीबार भएको छलफलमा समेत केही सहमति जुट्न सकेन ।
अध्यक्षद्वय आ–आफ्नै अडानमा रहेका कारण सहमति जुटन सकेको छैन । नेकपाबाट सभामुखको उम्मेदवार बन्न स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा र पम्पा भुसालले दाबी गर्दै आएका छन् । यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले समेत सभामुख हुन लबिङ गर्दै छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख तुम्बाहाङ्फे, ओली नेम्वाङ, दाहाल सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भुसाललाई सभामुख बनाउनुपर्ने रणनीतिमा लागेका छन् । यता, नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटक–पटक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ ।
संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसद्को प्रतिनिधिसभा बैठक जसरी पनि अगाडि बढाउने बताएकी उपभामुख डा. तुम्बाहाङ्फेले अन्ततः आफैंले बैठक स्थगित गर्दै आएकी छन् । गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको व्यक्ति हुनुपर्छ । झन्डै दुई तिहाइ बहुमतसहितको नेकपाले सभामुख छोड्न चाहेको छैन । तर, नेकपाबाटै उपसभामुख भएकी तुम्बाहाङ्फेले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्यो भने नेकपाले सभामुख पदमा उम्मेदवारी दर्ता गर्न पाउनेछैन ।
पार्टीको निर्णय नमानेर संसदलाई बन्धक बनाइरहेकी उपसभामुखकाे रबैयाले नेकपाकाे अान्तरिक राजनीति मात्रै हाेईन जनस्तरसम्म नकारात्मक सन्देश फैलिइसकेकाे छ । उनले राजिनामा नगरेमा सभामुख पद अन्य दललाई दिनुपर्ने संवैधानिक व्यवस्था भएकोले उनले राजिनामा नगरि संसदकाे प्रक्रिया नै अगाडि बढ्न सक्दैन ।
तर उनलाई राजिनामा नगराउन भुमिका खेल्नेहरूले जनताकाे अगाडि पार्टीको साख गिराउने काम गरेकाे तथा पुर्व माअाेवादी खेमालाई अपमान गरेकाे नेता हरिबाेल गजुरेलले बताए । गजुरेलका अनुसार उपसभामुखकाे अावरणमा जे गरिएको छ त्याे गतिविधिले पुर्व माअाेवादीलाइ वाइपास गरेर सभामुख नै नेकपाकाे हातबाट गुमाउने षड्यन्त्र भइरहेकाे छ । अहिले अध्यक्ष अाेली र राष्ट्रपति विद्या भण्डारीकाे उक्साहटमा उपसभामुख ले अड्काे थाप्ने र अन्तमा पुर्वमाअाेवादी लाई कुनै हालतमा सभामुख हुन नदिने बरू कांग्रेस वा राजपालाइ सभामुख दिने षड्यन्त्र हुन थालेकाे छ ।
पुर्व माअाेवादीले सभामुख अाफ्नाे तर्फबाट हुनुपर्ने नयाँ अडान नभई पुरानै एकताकाे सहमतिमा अाधारित भएकोले यसमा बहस नै अावश्यक नभएको बताउँदै अाएकाे छ । सभामुख दिन नचाहनुले पार्टी एकतामा समेत गम्भीर अाशंका पैदा भएको पुर्व माअाेवादी नेताहरूकाे भनाइ छ ।