
प्रगतिशील मिडियाको महत्व र शक्तिलाई बुझौं : प्रचण्ड
मैले कहिलेकाहीँ भन्ने गर्छु, हामी हिजो युद्धमा थियौं । एउटा राम्रो योजना बनाएर एउटा ठूलो फौजी कारवाही गर्यो भने संसारभरिका पत्रपत्रिका, रेडियो, टीभी, एक दिनलाई चाहिँ पूरै युद्धको वरिपरि घुमिराखेका हुन्थे । मलाई सम्झना छ, दाङको लमही कारवाही भइसकेपछि या आछामको ठूलो फौजी कारवाही भएपछि संसारभरिका, बीबीसीदेखि, सीएनएनदेखि, न्युयोर्क टाइम्सदेखि, वासिंटन टाइम्सदेखि इण्डियाका सबै पत्रिकाहरुको हेडलाइनचाहिँ त्यसैको वरिपरि घुम्थे । अहिले त्यो परिस्थिति छैन ।
अहिले तपाईले एउटा राम्रो आर्टिकल तयार पार्नुभयो, ब्रेन स्ट्रोमिङ हुनेखालको समाचार तपाईहरुले सम्प्रेषण गर्नुभयो भने त्यसको वरिपरि सप्पै झुम्मिन थालेका छन् । अहिले यही मोर्चा अग्रमोर्चा भएको छ । त्यसकारण तपाईहरुले ध्यान दिनुपर्ने कुरा छ । किनभने, आफू अग्रमोर्चाको लडाइँमा भएको हुनाले लडाइँ जित्नका लागि हामीले यो मोर्चाको तयारी कति राम्रोसँग गर्छौं, कति राम्रो आर्टिकल तयार गर्छौं, कति राम्रो टीभी प्रोगाम हामीले बनाउँछौं, सूचनालाई हामीले कुनरुपमा प्रस्तुत गर्छौं ।
प्रतिक्रियावादी बुर्जुवा र हामी कम्युनिष्टहरुको एउटा आधारभूत भिन्नता के हो त भन्दा हाम्रो कन्टेन्ट र हामीले प्रस्तुत गर्ने हाम्रो सार र रुपमा एकरुपता हामी कम्युनिष्टहरुको, प्रगतिशीलहरुको, वैज्ञानिकहरूकाे विशेषता हो । बुर्जुवाहरुको चाहिँ कन्टेन्टचाहिँ गएगुज्रेको हुन्छ, उनीहरुले प्रजेन्टेसन, त्यसको फर्म, त्यसको रुपचाहिँ सम्हारेर हेरिराख्नुजस्तो बनाउँछन् । र, त्यतातिर लोभ्याएर मान्छेलाई ठग्ने बुर्जुवाहरुको कल्चर हो । उनीहरुको दृष्टिकोण हो ।
हामी हाम्रो कन्टेन्ट र हाम्रो रुपको वीचमा तालमेल मिलाउनु र जनतालाई भ्रममुक्त बनाउन मेहनत गर्नु हामी कम्युनिष्टहरुको, हामी वैज्ञानिकहरुको विशेषता हो । यी दुईवटा विशेषतालाई विचार गरेर तपाईहरुले सार र रुप दुबैमा सुन्दर बनाएर आफ्ना विषयहरु जनतामा प्रस्तुत गर्ने र यो डिबेट‘।
प्रधानमन्त्रीजीले आज त भन्नुभएन, अरुबेला प्रायः भन्ने गर्नुहुन्थ्यो, हेर्न पनि नसकिने, सुन्न पनि नसकिने, पढ्न पनि नसकिने समाचारहरु आउन थाल्याछन् ।
यो सोसियल मिडियामा त झन् उहाँले भन्नुमात्रै भाथ्यो, मैले अर्को दिन एउटा समाचार सुन्नै नसकेर ठ्याक्कै बन्द गरेर हिँड्नैपर्यो क्या १ सुन्नै नसक्ने शब्दमा गाली गरेको टीभीमा आइराख्या छ । के गरी सुन्ने रु लेखेको हेर्नै सकिँदैन । बडो आफैंलाई इरिटेसन भन्दा पनि हीनताबोधी, के हुन थाल्यो भन्याजस्तो । यतिधेरै नकारात्मक, यतिधेरै गाली गलौज । यतिधेरै ध्वांशात्मक विचारका मान्छेहरु छन् भन्याजस्तो छ अहिले ।
दुर्भाग्यवश इन्फरमेसन टेक्नोलोजी बुर्जुवाहरुकै हातमा छ अहिले पनि । र, उनीहरुले त्यसलाई बडो नराम्रोसँग दुरुपयोग गरिराख्या छन् । र, हामीले विस्तारै विस्तारै त्यो टेक्नोलोजीलाई जनताको हितमा, वर्गको, राष्ट्रको हितमा प्रयोग गर्ने जमर्को गरिराख्या छौं । त्यसकारण तपाईहरुले यसमा मेहनत गरेर यसमा तपाईहरु अलि बढी सिपालु बन्नुपर्छ भन्ने मलाई लाग्छ । तपाईहरुले यसका टेक्निकल आस्पेक्टहरु, प्रजेन्टेसनका विविध फर्महरु पत्ता लगाउने र बुर्जुवालाई जित्नुपर्ने छ । यो क्षेत्रमा हामीले जित्नुपर्ने छ । यो लडाइँ हामीले जित्नुपर्नेछ ।
हामीले जित्नका लागि तपाईहरुको यो फौज, यसलाई मैले एउटा ठूलो बटालियनका रुपमा मान्छु म । अहिले हामी लडाइँमा छौं, तपाईहरुको यो फौज कति सक्षम हुन्छ, तपाईहरुले लिएका हतियारहरु कति धारिला हुन्छन्, कति तीखो हुन्छन्, विरोधीको हतियारलाई काउन्टर गर्नका लागि तपाइहरुका ती साधन स्रोतहरु कति व्यवस्थित हुन्छन् भन्ने कुराले नै लडाइँमा जित हारको फैसला हुने गर्दछ ।
हरेक क्रान्तिपछि ठुल्ठुला दार्शनिकहरुले र इतिहासका अनुभवहरुले के भन्या छ भने प्रतिक्रान्तिकारीहरु चुप लागेर बस्दैनन् । प्रतिक्रान्तिकारी तागतहरु पहिलेको भन्दा दश गुणा बढी तागतसहित क्रान्तिका शक्तिका विरुद्ध, परिवर्तनकारी शक्तिका विरुद्ध उनीहरु जाइलाग्छन् ।
उनीहरुलाई त्यो केही न केही सुविधा पनि हुन्छ । पहिला क्रान्ति किन सफल हुन्छ रे भन्दा प्रतिक्रियावादीले के ठान्दैनन् भने यी दुःख पाएका गरीव गुरुवा श्रमजीवीहरु, धन नभएका, बुद्धि पनि नभएकाहरुले मिलेर लडेर हाम्रो राज्य उल्ट्याउलान्, हामीलाई गद्दीबाट गलहत्याउलान् भन्ने उनीहरुले पत्याउँदै पत्याउँदैनन् । उनीहरुको इतिहासले र वर्गचरित्रले त्यो पत्याउन दिँदैन । जनताले जित्छन् भन्ने कुरा उनीहरुले सोचेकै हुँदैनन् । तर, एक दिन यस्तो आइदिन्छ कि जनताको तागत भारी पर्छ र उनीहरु गलहत्याइन्छन् ।
त्यसको भोलिपल्टदेखि उनीहरुले हिसाब गर्न थाल्छन् कि के कारणले हामीलाई यी सर्बहारा टाइपका, केही नभएका गरीब गुरुबाहरुले इतिहासदेखिको हाम्रो बैभवलाई उल्ट्याए रु उनीहरुले हिसाब गर्न थाल्छन्, उनीहरुसँग पैसाको तागत हुन्छ । उनीहरुसँग अनुभवको तागत हुन्छ । उनीहरुसँग शासन सत्ता कसरी चलाउनुपर्छ भन्ने अरु पनि थुप्रै अनुभवहरु हुन्छन् र तिनलाई प्रयोग गरेर फेरि प्रतिक्रान्ति गर्ने तानाबाना उनीहरुले बुन्छन् । दुनियाँभरि यसै भएको छ । र, नेपाल त्यसको अपवाद छैन ।
अहिलेको गुणात्मक राजनीतिक परिवर्तनलाई उल्ट्याउन गुणात्मक ढंगले नै प्रतिक्रियावादीहरु पनि लाग्छन् । यो कुरालाई ध्यान दिन जरुरी छ । उनीहरु अब मात्रात्मक ढंगले मात्र लाग्दैनन् ।
तपाईहरुले सुन्नुभएको होला, विभिन्नखालका चर्चा परिचर्चा भित्रभित्रै प्रतिक्रियावादीले गर्छन् र मंसिरमा प्रतिक्रान्ति हुन्छ रे भन्ने हल्ला गर्छन् । आजभोलि कोहीले भन्छन्, ल माघमा चाहिँ विचित्रै हुने भइसक्यो । तयारी भैसक्यो पनि भन्छन् । अनौठो–अनौठो लाग्छ हामीलाई चाहिँ ।
आज बिहान मलाई एकजनाले सुनाए, त्यो माघचाहिँ सरेर चैत पुग्यो रे । यस्तै–यस्तै र्युमर फैलाएर कहीँ न कहीँ ठुल्ठुला प्रतिक्रान्तिका तानाबाना बुन्ने काम भइराख्या छन्, हामीले त्यसलाई चिर्नु छ ।
हामी एकतावद्ध हुँदा र हामीले एकतावद्ध ढंगले आफ्नो तागतलाई प्रयोग गर्दा त्यो असम्भव छ । अब यो क्रान्ति उल्टिँदैन । बरु यो क्रान्ति झन्–झन् माथि जान्छ । झन्–झन् अगाडि बढ्छ । त्यसकारण हामीले यसमा जस्तो संविधान बनाएका छौं र हामीले भनेका छौं, हाम्रो संविधान गतिशील छ ।
गतिशील दस्ताबेजका रुपमा जनताको आवश्यकता अनुसार, राष्ट्रको आवश्यकता अनुसार यसलाई परिमार्जन गर्दै लान सकिन्छ भनेर हामीले भनेका छौं । देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौम सत्ताबाहेक सबै राजनीतिक चिजहरु परिवर्तनशील छन् भनेर संविधानमा नै घोषणा गरिएको छ, त्यसकारण यस अनुसार जनमत निर्माण गर्ने कुरामा तपाईहरु एकतावद्ध हुनुपर्छ ।
(पार्टी निकट प्रेस संगठन नेपालका सदस्यहरुलाई सपथ खुवाएपछि नेकपा अध्यक्ष प्रचण्डबाट गरिएको संवोधनको अंश)
