नेपालमा विदेशी महिला पर्यटकको सुरक्षाकाे सवाल

मूलखबर संवाददाता
काठमाडौं

लक्ष्मी खनाल
नेदरल्यान्ड्सकी सोली (नाम परिवर्तन) पछिल्लोपटक नेपाल आएको दुई महिना भयो।

यसअघि उनी दुईपटक नेपाल आएकी थिइन्। युरोपियन मूलकी उनलाई पहिले नेपाल आउने खबर पाएसँगै कहिले जाऊँ भएको थियो। उनले युरोपमा भएका आफ्ना साथीहरूलाई नेपाल जाने कुरा सुनाएकी थिइन्।

उनीहरूले सुरक्षाका कारण राती घरबाहिर ननिस्कन सुझाउनुबाहेक नेपाल विदेशी पर्यटकका लागि सबभन्दा उत्कृष्ट गन्तव्य भएको बताए। नेपालीहरू एकदमै मिलनसार र ुवेलकमिङु भएको पनि बताएका थिए।

नेपालबारे यति धेरै सकारात्मक कुरा बोकेर पहिलोपल्ट नेपाल आउँदा होलीको समय थियो। होलीको रंगमा उनलाई पनि रंगिन मनलाग्यो र उत्साहित बन्दै लागिन् होली खेल्न। भिडभाड थियो साथै रमाइलो पनि उत्पातै।

रंगमा रंगिएर रमाइलो गरिरहेकी उनलाई भिडमा एउटा व्यक्तिले सम्वेदनशील अंगमा यति नमज्जाले समात्यो, केही बेर उनी रन्थनिन्। समातिएको अंग असह्य हुनेगरी दुखिरहेको थियो। उनले आफूलाई सम्हाल्न खोजिरहेकी मात्र थिइन्, त्यही बेला फेरि सोही घटना दोहोरियो। अर्थात् फेरि सोही अंग समातियो।

पीडा यति भयो, उनी घुँडा टेकेर थचक्क भुइँमा बसिन्। थाहै नपाई उनका आँशु झरे।

होलीजस्तो रंगिन चाड उनका लागि रंगहिन बन्यो। एकैछिन अघिको उत्साह निमिट्यान्न भयो। के गर्ने, के नगर्ने, कसलाई भन्ने वा नभन्ने केही खुट्याउन सकिनन्। भिडभाडका कारण यति नमिठो दुर्व्यवहार गर्ने मान्छे चिन्न पनि सकिनन्।

होली जारी थियो, गीत घन्किरहेको थियो, सबै मस्त र व्यस्त थिए। उनमा रमाइलो गर्न कुनै उत्साह, जाँगर बाँकी रहेन। उनी आफ्नो बस्ने ठाउँ फर्किन्।
उक्त दुर्व्यवहारपछि उनी मानसिक र शारीरिक रुपमा विक्षिप्त त बनिन् नै, लगभग एक हप्ता ज्वरोले समेत थलिन्।

पहिलोपल्ट यौन दुर्व्यवहार भएको लगभग १५ दिनपछि उनले फेरि दुर्व्यवहार सामना गर्नुपर्यो। एउटा घाउ ताजा हुँदै उनलाई ठमेलको कुनै क्षेत्रमा हिँडिरहेका बेला कानै छेउमा आएर एउटा युवकले लेट्स ह्याभ अ सेक्स एट नाइट भन्यो।

उनले फर्केर हेर्न नपाउँदै त्यो युवक लगभग ५० मिटर टाढा पुगिसकेको थियो। उनले हे युु भन्दा नभन्दै त्यो युवक ओझेल पर्यो।

त्यसपछिका दिनमा पनि उनले नेपाली युवकद्वारा धेरैपटक यौन दुर्व्यवहार सामना गरिन्। एक/दुईपटक त सहेरै बसिन्। तर दुर्व्यवहार श्रृंखला नरोकिएपछि उनले साथीहरूको सल्लाहमा नेपाल प्रहरीमा जाहेरी दिने निर्णय गरिन्।

नजिकैको प्रहरीकहाँ रिर्पोट लेखाउन पनि पुगिन्। तर त्यति बेला उनी छाँगाबाट खसिन् जब सिंगो राष्ट्रको सुरक्षामा बसेका प्रहरीले नै उनीमाथि दुर्व्यवहार गरे। उनले आफूमाथि भएको दुर्व्यवहारबारे प्रहरीलाई बताउन थालेपछि प्रहरीहरू उनीतिर हेर्दै मुखामुख गर्दै हाँस्न थाले।

चार(पाँच घण्टा प्रहरीकहाँ बसेर पनि केही भएन। उल्टो प्रहरीले आफ्नो पीडाको मजाक उडाएपछि थप पीडा महशुस भयो र उनी फर्किन्।

त्यसपछि पनि उनले कयौंपटक दुर्व्यवहार भोगिन् र चुपचाप मनमै दबाएर राखिन्।

सोली नेपालमा यस्तो दुर्व्यवहार भोग्ने प्रतिनिधि मात्र हुन्। उनी जस्ता गोरो छाला भएका युवतीहरूले दिनहुँ यस किसिमका दुर्व्यवहार भोगिरहेका छन् हाम्रै देशमा, अझ भनौं हाम्रै राजधानीमा। तर बिडम्बना यतातर्फ हामी कसैको ध्यान गएको छैन। प्रहरीमा जाँदा उल्टो अर्को किसिमको दुर्व्यवहार उनीहरूमाथि भइरहेको छ।

खासगरी भारत तथा श्रीलंकामा विदेशी महिला पर्यटकमाथि यौन दुर्व्यवहार मात्र होइन, बलात्कार समेत भएको हामीले सुनिरहेका छौं। तर नेपालमै यो हदसम्म यौन दुर्व्यवहार भइरहेको खासै बाहिर आएको छैन।

यथार्थमा नेपालमा पनि डरलाग्दो गतिमा विदेशी पर्यटकमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने कुरा माथि उल्लेखित घटनाबाट प्रष्ट हुन्छ।

दक्षिण अमेरिकी देशकी रिया (नाम परिवर्तन) ले पनि नेपालमा कयौंपटक यस किसिमको दुर्व्यवहार भोगेकी छिन्।

यस्ता दुर्व्यवहार भएपछि के गर्नुभयो त भन्ने मेरो प्रश्नमा उनले जवाफ यस्तो दिइन्, ुमैले मेरा थुप्रै साथीहरूबाट सुनेँ। र थुप्रै फेसबुक पोष्टमा देखेँ( नेपालमा ममाथि यौन दुर्व्यवहार भयो भनेर प्रहरीकोमा गयो भने उनीहरू उल्टै हाँसेर हाम्रो मजाक बनाउँछन् रे। मेरो पीडामा हाँस्ने प्रहरीसमक्ष जाने हिम्मत नै भएन। म आफ्नै दुर्व्यवहार गर्न किन जाने ?

उनलाई लाग्छ केही नेपाली युवकहरूमा गोरो छालाका युवती यौन सम्पर्कका लागि सधैं तयार हुन्छन् र जोसँग पनि उनीहरू यौन सम्बन्ध राख्छन् भन्ने मानसिकता छ। जुन एकदमै गलत र सतही विश्लेषण हो।

उनले अगाडि थपिन्, सायद नेपालका प्रहरीलाई यस्ता मुद्दा कसरी ह्यान्डल गर्ने भन्नेबारे केही थाहा छैन। यौन दुर्व्यवहार पीडित आए भने उनीहरूसँग कसरी व्यवहार गर्ने भनेर उनीहरूलाई तालिम पनि दिइएको हुँदोरहेनछ। यौन दुर्व्यवहार भएपछि कस्तो अनुभव हुन्छ त्योबारे थाहै छैन। त्यही कारण पनि उनीहरू यस्ता घटनामा हामी जस्ता विदेशी मात्र होइन, नेपाली युवतीले गुनासो गर्दा समेत हाँसेर उडाइदिन्छन्।

उनलाई लाग्छ केही नेपाली युवकहरूमा गोरो छालाका युवती यौन सम्पर्कका लागि सधैं तयार हुन्छन् र जोसँग पनि उनीहरू यौन सम्बन्ध राख्छन् भन्ने मानसिकता छ। जुन एकदमै गलत र सतही विश्लेषण हो। यौन सम्बन्ध नितान्त व्यक्तिगत कुरा हो, जोसँग राखे नै पनि बाटोमा नचिनेको महिलामाथि नराम्रो तरिकाले हेर्ने अधिकार त हुँदैन भने छुने, जे पायो त्यही भन्ने अधिकार झन् हुन्न। चाहे त्यो महिला स्वदेशी होस् वा विदेशी। कतिपय मान्छेहरू विदेशी महिलाले छोटा र पारदर्शी कपडा लगाएका कारण नै युवकहरूले उनीहरूमाथि दुर्व्यवहार गर्ने गरेको पनि भन्छन्। तर महिलाबिना कपडा हिँडे पनि कुनै पनि पुरुषलाई हिंसा गर्ने अधिकार छैन।

वास्तवमा जुन सोच र व्यवहार हामी राखिरहेका छौं र हाम्रा छोरी पुस्तालाई सिकाइरहेका छौं, यसकै कारण आज महिलामाथि यौन दुर्व्यवहार अझ बढी भइरहेको छ। बलात्कार भइरहेको छ।

हामी अभिभावकले तिमी राती बाहिर नहिँड भनेर छोरीलाई त सानैदेखि सिकाउँछौ, तर कतिजनाले आफ्ना छोरालाई महिलालाई सम्मान गर्नुपर्छ, अनावश्यक जिस्काउनहुँदैन भनेर सिकाउँछौंरु के यो सिकाउन जरुरी ठानेको छ अभिभावक पुस्तालेरु

छोरीलाई राती हिँडे तँमाथि यौन दुर्व्यवहार हुनसक्छ र त्यसको जिम्मेवार तँ आफैं हुन्छेस् (किनकी तँ राती हिँडेका कारण नै तँमाथि यस्तो हुनेछ) भनेर सानैदेखि दिमागमा कोचिदिने र छोरालाई भने छोरीको सम्मान गर्नुपर्छ, जिस्काउने, चलाउने गर्नुहुँदैन भनेर समेत नसिकाउने ?

अनि उल्टो महिलाका कारण (महिलाका छोटा लुगा) यौन दुर्व्यवहार बढेको छ भन्ने कुतर्क गर्ने ? उनै विदेशी मित्रका कुरा गरौं फेरि। उनले दुई वर्षको नेपाल बसाइमा यहाँका बारे धेरै कुरा जानिसकेकी छिन्।

उनी भन्छिन्, हाम्रो देशमा पनि महिलामाथि हिंसा, बलात्कार हुन्छ। तर हामी कहिले पनि म राती हिँडेर वा मैले छोटो लुगा लगाएर यस्तो भयो भन्ने महशुस गर्दनौं। किनकी हाम्रा अभिभावकले छोरीहरूलाई राती बाहिर हिँड्नुहुँदैन है भनेर सिकाउँदैनन्। त्यही भएर हामी निर्धक्क हिँड्न सक्छौं र केही भइहाले बिना लाजधक प्रहरीकहाँ जान्छौं र गुनासो गर्छौं।

प्रहरीले यस्तो मुद्दामा महिलालाई एकदमै राम्रो व्यवहार गर्छ। उनीहरूको ह्यान्डल गर्ने तरिका बढो सौहार्दपूर्ण हुन्छ। किनकी मेरो देशमा प्रहरीहरूलाई यसबारे तालिम दिइन्छ। यस्तो मुद्दाका लागि हाम्रो कानुनी प्रावधान बलियो छ। प्रहरीकहाँ मनोसामाजिक परामर्शदाताको समूह हुन्छ। हाम्रो देशका प्रहरी पीडितलाई देखेर हाँस्दैनन्, मजाक उडाउँदैनन्।

नेपालमा पछिल्लो समय बलात्कार घटना बढिरहेका छन्। यस्ता घटनाका उजुरी पनि आइरहेका छन्। तर उजुरीका लागि प्रहरीसम्म पुग्दा प्रहरी हाँसिदिएपछि महिलाहरूले सुरक्षा निकायप्रति कसरी भर पर्नेरु चाहे विदेशी होस् वा स्वदेशी महिला, यौन दुर्व्यवहार अत्यन्तै पीडादायी हुन्छ।

अझ अर्काको देश घुम्न आएका बेला हुने यौन दुर्व्यवहारको पीडा कति हुन्छ कति। त्यसमाथि आडभरोसा र सहयोगका लागि बसेका प्रहरीले नै आफ्नो पीडाको मजाक बनाइदिएपछि हुने महशुस।

भिजिट नेपाल वर्ष २०२० सुरू हुन केही दिन मात्र बाँकी छ। सरकार र सबै सरोकारवालाले हाम्रो संस्कृति, परम्परा, स्वागत सत्कार, प्राकृतिक सौन्दर्य हेर्न आएका पर्यटकलाई यस्तो डरलाग्दो अनुभव लिएर फर्कनुनपरोस् भन्ने वातावरण बनाउन जरूरी छ।

जनवरी लागेपछि पर्यटकको ओइरो लाग्न थाल्छ। यी पर्यटक २०२० का लागि मात्र होइनन्, त्यसपछिका हरेक वर्षका लागि हुन्। अनि एकपल्ट नेपाल आएर यस्तै दुर्व्यवहार सामना गरेर फर्केका विदेशी महिलाले के सन्देश लैजालान् ?

उनीहरू फेरि नेपाल आउलान्रु उनका नातेदार, साथीलाई घुम्न नेपाल जाओ भनेर ढुक्क साथ भन्न सक्लान् ? पक्कै सक्दैनन्।

अतः सरकार र सम्बन्धीत सबै निकायले यतातर्फ पनि ध्यान दिन आवश्यक छ। खासगरी विदेशी महिला पर्यटकको सुरक्षामा, उनीहरूको आत्मसम्मानमा चोट नपुग्ने गरी केही योजना बनाओस्। (सान्दर्भिक लागेर सेतोपाटीबाट साभार गरिएको– सं)