
पहाड पनि हिमाल बन्छ हिउँ परेपछि…
पहाड पनि हिमाल बन्छ हिउंले ढाके पछि
ढुंगा पनि मुटु वन्छ दिलमा राखे पछि ।।
हिउं नदीको पानी मीठो हिमालको माया ।
कहिले कांही आंफै भन्दा अग्लो हुन्छ छायाँ ।।
क्षितिज पारी घाम लाग्दा मनै रमाईलो
क्षितिज खूल्दा फुल फूल्दा दिनै घमाईलो ।।
पर्खिबसेँ बर्षन्छ भनी महिना बर्ष गनी
विश्वासमा त्यसै बसें तिमी मेरै भनी ।।
मनको धोको मनमै रह्यो रहर मरी गए
आशा सवै मरिसके सबै टाढा भए ।।
भरतपुर, चितवन
२०७६ मंसीर २८
