
भरतपुर विमानस्थल १० दिनको लागि बन्द
चितवनको भरतपुर विमानस्थल १० दिनको लागि बन्द भएको छ ।
विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले आइतबारदेखि १० दिन सम्म सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिनुभयो । उहाँले धावनमार्गमा पिच थप (ओभर ले) गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको बताउनुभयो । उहाँले २०६० साल देखि धावनमार्गमा कुनैपनि पिच नभएकाले सबै उडान बन्द गरी पिच गर्नुपरेको बताउनुभयो ।
भरतपुर विमानस्थलबाट काठमाडाँै र पोखरा गरी दैनिक ११ वटा उडान तथा अवतरण हुदैँ आएको छ । विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन् ।
