यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेपालको विद्युत दक्षिण एशीयाको समृद्धिको आधार : उर्जामन्त्री पुन. नेपालको विद्युत दक्षिण एशीयाको समृद्धिको आधार: उर्जामन्त्री पुन. मूलखबर संवाददाता काठमाडौं, ६ मंसिर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली क्षेत्रको समृद्धि र विकासको आधारका रूपमा नेपालको जलविद्युत् बन्ने बताउनुभएको छ ।. बिहीबार राजधानीमा सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत्को सम्भाव्यताको उपयोग क्षेत्रीय ब्याट्री हाउसको रूपमा विकसित गरिने बताउनुभएको हो । दक्षिण एसियामा विद्युत् उत्पादन तथा खपत प्रवृत्ति विविध स्वरूपको रहेको र त्यसमा सामन्जस्यता र सन्तुलत ल्याउन नेपालको विद्युत् क्षेत्रीय बजारमा अत्यावश्यक रहेको पनि बताउनुभयो । “स्वदेशमा खपत वृद्धि र विदेश निर्यात गर्न यो क्षेत्रमा ठूलो विदेशी लगानी आवश्यक छ,” उहाँले भन्नुभयो– “लगानीका लागि उपयुक्त वातावरण र यसकोे सुरक्षामा सरकार प्रतिबद्ध छ । आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता अझै बढ्दै गएको छ ।” आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको विद्युत् क्षेत्रीय बजारमा पु¥याउन सम्मेलनले सघाउ पु¥याउने बताउनुभयो । यस्तै, इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको भन्दै निजी क्षेत्रले पनि विद्युत् बजार खोज्ने प्रयास सरकारको सहयोग आवश्यक रहे उल्लेख गर्नुभयो । सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकोले यसमा नेपाल भारत संयुक्त पहल आवश्यक रहेको बताउनुभयो । सम्मेलनमा बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मालगायतले नेपाल, भारत, बङ्गालादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावनाको चर्चा गर्नुभएको थियो । ऊर्जासम्मेलनमा भारत, बङ्गालादेश, भुटानका मन्त्रीसहित सात सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता भएका छन् ।. जलविद्युत् लगानी तथा विकास कम्पनी र एनएचपीसी इन्डिया तथा भारतीय इनर्जी एक्स्चेन्ज र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका बीच पनि सम्झौता भएको छ ।सम्मेलनमा भारत, बङ्गलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहेको छ ।. नेपाली विद्युत्को बजार अपार कार्यक्रमका विभिन्न सत्रमा ऊर्जा विज्ञ तथा सरोकारवालाहरूले नेपालको विद्युत्को आन्तरिक तथा बाह्य बजार अपार रहेको र त्यसलाई उचित समन्वयका साथ उपयोगमा ल्याउन सकिने औंल्याएका छन् । ‘कनेक्टिभिटी एण्ड मार्केट्स फर नेपाल’ सत्रमा सहभागी वक्ताले बीबीआईएन मुलुकबीच सहकार्य र नेपालको आन्तरिक बजारमै उपयुक्त पहुँच विस्तार गर्न आवश्यक देखिएको औँल्याउनुभएको थियो ।. ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जलविद्युत् क्षेत्रमा नेपालले ठूलो प्रगति गरिरहेको बताउँदै यो क्षेत्रमा भएको लगानीको प्रतिफल सुनिश्चि गर्न र थप लगानी एवं समग्र अर्थतन्त्र विस्तार गर्न सरकारले बजार खोजी तथा विस्तारलाई तीव्रता दिएको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाली विद्युत्को बजार बृहद रहेको तर अझै पहिचान हुनै बाँकी रहेको धारणा राख्नुभएको थियो ।. एलपी ग्यास विस्थापनबाट घरायसी खपत बढाउन सकिने, पूर्वाधार विकासले तीव्रता पाउँदा नयाँ नयाँ बजार सिर्जनासमेत हुने उहाँको भनाइ थियो । “दक्षिण एसिया हाम्रो विद्युत्को बृहद बजार हो,” उहाँले भन्नुभयो, “विद्युत् क्रेता बिक्रेताबीच ‘विन विन’ को अवस्था आउँदा यो क्षेत्रको समग्र अर्थतन्त्र नै लाभान्वित हुने र गति लिने अवस्था हुन्छ ।” लगानी विस्तारका लागि विद्युत् खरिद बिक्री प्रद्धति लचक हुनुपर्ने, धेरै सर्त राख्न नहुने उहाँले सुझाव दिनुभयो । “आन्तरिक तथा “अन्तरदेशीय प्रसारणलाइन विस्तार तथा अन्य प्रविधि उपयोगलाई तीव्रता दिने र बिनाअवरोध विद्युत् कारोबार हुने वातावरण बनाएर अपार बजारमा नेपाली विद्युत् प्रयोग हुनेछ,” उहाँले भन्नुभयो । गोरखापत्रमा खबर छ ।.
नेपालको विद्युत दक्षिण एशीयाको समृद्धिको आधार : उर्जामन्त्री पुन
मूलखबर संवाददाता
काठमाडौं, ६ मंसिर
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली क्षेत्रको समृद्धि र विकासको आधारका रूपमा नेपालको जलविद्युत् बन्ने बताउनुभएको छ ।
बिहीबार राजधानीमा सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत्को सम्भाव्यताको उपयोग क्षेत्रीय ब्याट्री हाउसको रूपमा विकसित गरिने बताउनुभएको हो ।
दक्षिण एसियामा विद्युत् उत्पादन तथा खपत प्रवृत्ति विविध स्वरूपको रहेको र त्यसमा सामन्जस्यता र सन्तुलत ल्याउन नेपालको विद्युत् क्षेत्रीय बजारमा अत्यावश्यक रहेको पनि बताउनुभयो । “स्वदेशमा खपत वृद्धि र विदेश निर्यात गर्न यो क्षेत्रमा ठूलो विदेशी लगानी आवश्यक छ,” उहाँले भन्नुभयो– “लगानीका लागि उपयुक्त वातावरण र यसकोे सुरक्षामा सरकार प्रतिबद्ध छ । आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता अझै बढ्दै गएको छ ।”
आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको विद्युत् क्षेत्रीय बजारमा पु¥याउन सम्मेलनले सघाउ पु¥याउने बताउनुभयो । यस्तै, इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको भन्दै निजी क्षेत्रले पनि विद्युत् बजार खोज्ने प्रयास सरकारको सहयोग आवश्यक रहे उल्लेख गर्नुभयो ।
सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकोले यसमा नेपाल भारत संयुक्त पहल आवश्यक रहेको बताउनुभयो ।
सम्मेलनमा बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मालगायतले नेपाल, भारत, बङ्गालादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावनाको चर्चा गर्नुभएको थियो । ऊर्जासम्मेलनमा भारत, बङ्गालादेश, भुटानका मन्त्रीसहित सात सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता भएका छन् ।
जलविद्युत् लगानी तथा विकास कम्पनी र एनएचपीसी इन्डिया तथा भारतीय इनर्जी एक्स्चेन्ज र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका बीच पनि सम्झौता भएको छ ।सम्मेलनमा भारत, बङ्गलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहेको छ ।
नेपाली विद्युत्को बजार अपार
कार्यक्रमका विभिन्न सत्रमा ऊर्जा विज्ञ तथा सरोकारवालाहरूले नेपालको विद्युत्को आन्तरिक तथा बाह्य बजार अपार रहेको र त्यसलाई उचित समन्वयका साथ उपयोगमा ल्याउन सकिने औंल्याएका छन् । ‘कनेक्टिभिटी एण्ड मार्केट्स फर नेपाल’ सत्रमा सहभागी वक्ताले बीबीआईएन मुलुकबीच सहकार्य र नेपालको आन्तरिक बजारमै उपयुक्त पहुँच विस्तार गर्न आवश्यक देखिएको औँल्याउनुभएको थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जलविद्युत् क्षेत्रमा नेपालले ठूलो प्रगति गरिरहेको बताउँदै यो क्षेत्रमा भएको लगानीको प्रतिफल सुनिश्चि गर्न र थप लगानी एवं समग्र अर्थतन्त्र विस्तार गर्न सरकारले बजार खोजी तथा विस्तारलाई तीव्रता दिएको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाली विद्युत्को बजार बृहद रहेको तर अझै पहिचान हुनै बाँकी रहेको धारणा राख्नुभएको थियो ।
एलपी ग्यास विस्थापनबाट घरायसी खपत बढाउन सकिने, पूर्वाधार विकासले तीव्रता पाउँदा नयाँ नयाँ बजार सिर्जनासमेत हुने उहाँको भनाइ थियो । “दक्षिण एसिया हाम्रो विद्युत्को बृहद बजार हो,” उहाँले भन्नुभयो, “विद्युत् क्रेता बिक्रेताबीच ‘विन विन’ को अवस्था आउँदा यो क्षेत्रको समग्र अर्थतन्त्र नै लाभान्वित हुने र गति लिने अवस्था हुन्छ ।” लगानी विस्तारका लागि विद्युत् खरिद बिक्री प्रद्धति लचक हुनुपर्ने, धेरै सर्त राख्न नहुने उहाँले सुझाव दिनुभयो । “आन्तरिक तथा “अन्तरदेशीय प्रसारणलाइन विस्तार तथा अन्य प्रविधि उपयोगलाई तीव्रता दिने र बिनाअवरोध विद्युत् कारोबार हुने वातावरण बनाएर अपार बजारमा नेपाली विद्युत् प्रयोग हुनेछ,” उहाँले भन्नुभयो । गोरखापत्रमा खबर छ ।