यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
द्वन्द्वपीडितहरुको समस्या अव छिट्टै समाधान हुन्छ : प्रचण्ड. द्वन्द्वपीडितहरुको समस्या अव छिट्टै समाधान हुन्छ: प्रचण्ड. मूलखबर संवाददाता काठमाडौं काठमाडौं, ५ मंसिर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वपीडितहरुको समस्या अव छिट्टै समाधान गरिने बताउनुभएको छ ।. विस्तृत शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता पुर्व प्रधानमन्त्री प्रचण्डले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहोयाउन नमिल्ने अडानमा आफू रहेको स्पष्ट पार्नुभयो । भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।. सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने बताउँदै शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता पुर्व प्रधानमन्त्री प्रचण्डले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहो¥याउन नमिल्ने अडानमा आफू रहेको स्पष्ट पार्नुभयो ।. अध्यक्ष दाहालले पीडितहरुको चाहना र सरोकारवाला निकायहरुको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताउनु भयो ।. अध्यक्ष दाहालले द्धन्द्धकालका गम्भिर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राख्नु भयो । उहाँले अन्तराष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भिर ठहयाइएका घटनामा संलग्नहरुलाई माफी दिन नमिल्ने पनि बताउनु भयो । समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्धन्द्धकालका गम्भिर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष दाहालको भनाई छ ।. कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले द्धन्द्धकालका पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर द्धन्द्धकालका पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।. काँग्रेस नेता सिटौलाले राज्यले द्धन्द्धकालका पीडितलाई न्याय दिन ढिलाई भएको स्विकार गरेर अघि बढनुपर्ने धारणा पनि राख्नु भयो ।.
द्वन्द्वपीडितहरुको समस्या अव छिट्टै समाधान हुन्छ : प्रचण्ड
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं, ५ मंसिर
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वपीडितहरुको समस्या अव छिट्टै समाधान गरिने बताउनुभएको छ ।
विस्तृत शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता पुर्व प्रधानमन्त्री प्रचण्डले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहोयाउन नमिल्ने अडानमा आफू रहेको स्पष्ट पार्नुभयो । भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने बताउँदै शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता पुर्व प्रधानमन्त्री प्रचण्डले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहो¥याउन नमिल्ने अडानमा आफू रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले पीडितहरुको चाहना र सरोकारवाला निकायहरुको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताउनु भयो ।
अध्यक्ष दाहालले द्धन्द्धकालका गम्भिर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राख्नु भयो । उहाँले अन्तराष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भिर ठहयाइएका घटनामा संलग्नहरुलाई माफी दिन नमिल्ने पनि बताउनु भयो । समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्धन्द्धकालका गम्भिर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष दाहालको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले द्धन्द्धकालका पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर द्धन्द्धकालका पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।
काँग्रेस नेता सिटौलाले राज्यले द्धन्द्धकालका पीडितलाई न्याय दिन ढिलाई भएको स्विकार गरेर अघि बढनुपर्ने धारणा पनि राख्नु भयो ।