
मन्त्रीपरिषदमा हेरफेर : पुर्व माओवादीका २ र पुर्व एमालेका ४ मन्त्री हटाइए, नयाँ को को आए ? (पुरा विवरण)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गर्नुभएको छ । बुधबार बिहान सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल र सचिवालय बैठककको सुझावसमेतलाई आधार बनाएर प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा व्यापक फेरबदल गर्नुभएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रीहरुको नियुक्ति र कार्यभारसहित बुधबार राती नयाँ मन्त्रीपरिषद गठन गरेको जानकारी पत्र राष्ट्रपति कार्यालयले सार्वजनीक गरेको छ ।
बुधबार साँझ टुंगो लागेका नयाँ मन्त्रीहरूको शपथ बिहीबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
नवगठित मन्त्रीपरिषदमा पुर्व माओवादीबाट मन्त्री रहेका दुइजनालाई हटाइएको छ भने पुर्व एमालेबाट मन्त्री रहेका ४ जनालाई हटाएर नयाँ अनुहार ल्याइएको छ ।
त्यसैगर केही मन्त्रीको मन्त्रालय हेरफेर गरी निरन्तरता दिइएको छ । नयाँ मन्त्रीमण्डल गठन गर्दा पुर्व माओवादीको भागमा परेको कृषि मन्त्रालय पुर्व एमालेलाई दिइएको छ ।
यसअघि प्रधानमन्त्रीले बुधबार नै मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरेको जानकारी सचिवालयका नेताहरूलाई गराएका थिए । तर सचिवालयको बैठक लम्बिएकाले र व्यस्त सेड्युलका कारण शपथ बिहीबार बिहानका लागि सारिएको सचिवालयको दाबी छ ।
राष्ट्रपतिको कार्यालयले बुधवार राति जारी गरेको सूचना अनुसार प्रधानमन्त्री ओलीले थप गरेका मन्त्रीहरूमा हृदयस त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् ।
त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।
त्यसैगरी ओलीले तीनजना नयाँ राज्यमन्त्री पनि बनाएका छन् । राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी उपप्रधान र स्वास्थ तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री र कानुन, न्याय तथा संसदीय मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई र खानेपानी मन्त्री विना मगरको जिम्मेवारी यथावत राखिएको छ ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकबाट ५ वषैकै लागि प्रधानमन्त्रीको अधिकार पाएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा ठूलो हेरफेर गरेर आफूलाई थप शशक्त पानूृभएको विश्लेषण गरिएको छ ।
को को हटाइए ?
पुर्व माओवादीबाट मातृका प्रसाद यादव (उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री) र चक्रपाणी खनाल बलदेव (कृषि तथा पशु विकास मन्त्री)
पुर्व एमालेबाट
लालबाबु पण्डीत (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री), गोकर्ण विष्ट (श्रम रोजगार तथा सामाजिक विकास मन्त्री), रघुविर महासेठ (भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री), थममाया थापा (महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री)
नयाँ को को आए ?
पुर्व माओवादीबाट – लेखराज भट्ट (उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री) र रामेश्वर राय यादव (श्रम रोजगार तथा सामाजिक विकास मन्त्री
पुर्व एमालेबाट – घनश्याम ढकाल (कृषि तथा पशपंक्षि विकास मन्त्री), हृदयश त्रिपाठी (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री) , पार्वत गुरुङ (महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री), बसन्त कुमार नेम्वाङ
को को साँटीए ?
उपेन्द्र यादव (स्वास्थ्य तथा जनसंख्या) र भानुभक्त ढकाल (कानुन न्याय तथा संसदिय मामला)
