सावधान ! ९० प्रतिशतसम्म मिर्गौला फेल भइसक्दासम्म कुनै पनि लक्षण देखिन्न

पुर्णभक्त दुलाल
काठमाडौं, १५ कात्तिक

९० प्रतिशतसम्म मिर्गौला फेल भइसक्दासम्म कुनै पनि लक्षण नदेखिने हुँदा सुरुमै सावधानी अपनाई वर्षको एकपटक मिर्गौलाको जाँच गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ । शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा। पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘धेरैजसो किड्नी ९मिर्गौला० खराब भएको सुरुमा थाहा हुँदैन त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ ।’

अर्का मिर्गौला रोग विशेषज्ञ डा। उपेन्द्र जोशीका अनुसार गलत खानपान वा औषधिको साइड इफेक्टका कारण पनि किड्नी खराब हुन्छ । केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ । डा। जोशीले भने, ‘मिर्गौला फेल हुने सबैभन्दा ठूलो कारण मधुमेह र उच्च रक्तचाप हो ।’
त्यस्तै, ‘ग्लोमेरुलोनेफ्राइटिस’ अर्थात् मिर्गौला सुन्निने समस्याका कारण पनि मिर्गौला फेल हुन सक्छ । सामान्यतया २० देखि ५० वर्ष उमेर समूहका व्यक्तिमा ग्लोमेरुलोनेफ्राइटिस हुन्छ र सोभन्दा बढी उमेरका व्यक्तिमा मधुमेह, उच्च रक्तचापलगायत समस्या देखिन्छन् । पत्थरी, वंशाणुगत रोग, जथाभावी औषधि सेवन, गलत खानपान आदि मिर्गौला रोगका अन्य कारण हुन् ।

नेपालमा ३० लाख जना मिर्गौलासम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेको अनुमान गरिएको छ भने जसमा वर्षैपिच्छे औसत ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको देखिन्छ .

नेपालमा ३० लाख जना मिर्गौलासम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेको अनुमान गरिएको छ, जसमा वर्षपिच्छे औसत ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको देखिन्छ ।शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा। पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला फेल हुनुअगाडि वाकवाकी लाग्ने, शरीर पहेंलो हुने, रगत कम हुने, पिसाबको मात्रा कम हुने, थकावट हुने, मुख फुल्ने, खान मन नलाग्ने, फोक्सोमा पानी जमेर श्वास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिन्छन् । तर, ९० प्रतिशत मिर्गौला फेल भइसक्दासम्म पनि कुनै लक्षण नदेखिन पनि सक्छ ।

उनले भने, ‘मिर्गौला फेलपछि प्रत्यारोपण हुने भए पनि अंग पाउन गाह्रो छ । तर, मिर्गौला फेल हुनबाट बच्ने र बचाउने भने प्रशस्त उपाय छन् । यसका लागि साधारण जीवनशैली अपनाउनुपर्छ । चिल्लो, गुलियो र जंकफुड इत्यादि खानुहुँदैन ।
जथाभावी औषधि सेवन नगर्ने, पिसाबको संक्रमणबाट बच्ने, पत्थरीलगायत रोग लाग्न नदिने र समयमै उपचार गर्ने, पानी प्रशस्त पिउने, शारीरिक व्यायाम र तौल नियन्त्रण गर्ने तथा खानपिनमा ध्यान दिनेलगायत उपाय अपनाउँदा मिर्गौला रोग लाग्न तथा मिर्गौला फेल हुनबाट बच्न सकिने उनले जानकारी दिए ।

डा। श्रेष्ठका अनुसार नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था एकदमै राम्रो छ । विगत अढाई वर्षमा ४३० जनाको मिर्गौला प्रत्यारोपण गर्दा शतप्रतिशत सफलता मिलेको छ । नेपालमा गरिने मिर्गौला प्रत्यारोपण विकसित देशका प्रत्यारोपण केन्द्रमा गरिने जतिकै सफल छ ।

मिर्गौला फेलपछि प्रत्यारोपण नै गर्न‘पर्छ अथवा डायलासिस गर्दा पनि हुन्छ ?

मिर्गौला फेल भएपछि सकेसम्म प्रत्यारोपण नै गर्न‘पर्छ । हेमोडायलासिसबाट पनि मेसिनले सफा गरेर बिरामीलाई बचाउन सकिन्छ । तर, डायलासिसका सीमित फाइदा भएकाले प्रत्यारोपण गर्न‘ नै राम्रो हुन्छ ।
प्रत्यारोपण गरेको व्यक्ति प्राकृतिक रूपमै पुरानो जीवनशैलीमा फर्कन सक्छ । डायलासिस मात्र गर्दा यसलाई जिन्दगीभर निरन्तरता दिइराख्नुपर्ने हुन्छ । क्यान्सर, मुटु तथा फोक्सोसम्बन्धी रोग लागेको व्यक्ति अथवा प्रत्यारोपण गर्न नसकिने व्यक्तिलाई भने डायलासिस नै गर्न‘पर्छ ।

मिर्गौला रोगका लक्षणहरू

१। छिटोछिटो पिसाब लाग्नु– मिर्गौला खराब भएको छ भने बारम्बार वा छिटो–छिटो पिसाब लाग्ने हुन्छ । विशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।
२। पिसाबमा समस्या– किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाइ हुन्छ । दुखाइका कारण पिसाब गर्न गाह्रो हुन्छ ।
३। पिसाबमा रगत देखिनु– पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सककहाँ गइहाल्नुपर्छ ।
४। सुन्निनु– किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ ।
५। रक्तअल्पता तथा कमजोरी– मिर्गौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ ।
६। छाला रोग– किड्नी खराबले शरीरबाट टोक्सिन्सस ९विषाक्त० बाहिर जान पाउँदैन र छालासम्बन्धी रोग देखिन्छ ।
७। मुख गनाउने– यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।
८। रक्तचाप बढ्नु– मिर्गौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौं । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत
भनेर बुझ्नुपर्छ ।
९। वान्ता होला जस्तो महसुस– किड्नी खराब भएका कारण शरीरबाट विकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईंलाई सधैं रिँगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ ।
१०। जोर्नी दुख्ने– सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी
दुख्ने हुन्छ ।

मिर्गौलामा हानि पु‍ग्ने कारणहरू

१। पानी कम पिउने, २। नुन बढी खाने, ३। पिसाब रोक्ने, ४। गुलियो खाने, ५ । पोषणयुक्तभन्दा पेट भर्ने, ६। मासु बढी खाने, ७। नसुत्ने
८। चिया कफी बढी खाने, ९। पेनकिलर सेवन, १०। जाँड, रक्सी र धूमपान गर्ने,  (स्वास्थयखबरबाट साभार)