यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
११ लाख बढी किशोरीले लगाए पाठेघरकाे क्यान्सर विरूद्वकाे एचपिभी खाेप. नेपालमा अत्यधिक मात्रामा देखिँदै आएको पाठेघर मुखको क्यान्सर विरुद्ध चलाइएको एचपिभी खोप अभियानमा हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन्।. सरकारले सुरु गरेको पोठघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानबाट ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएका हुन्। उक्त खोप अभियानबाट सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीहरुले खोप लगाएका छन्। त्यहाँ सबैभन्दा धेरै २ लाख १९ हजार ८३ जनाले खोप लगाएको परिवार कल्याण महाशाखाले जनाएको छ।. सबैभन्दा कम खोप लगाउने संख्या कर्णाली प्रदेशमा छ। त्यहाँ ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन्। यस्तै, मधेश प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको महाशाखाको तथ्यांक छ।.
११ लाख बढी किशोरीले लगाए पाठेघरकाे क्यान्सर विरूद्वकाे एचपिभी खाेप
मूलखबर संवाददाता
काठमाडौं
नेपालमा अत्यधिक मात्रामा देखिँदै आएको पाठेघर मुखको क्यान्सर विरुद्ध चलाइएको एचपिभी खोप अभियानमा हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन्।
सरकारले सुरु गरेको पोठघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानबाट ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएका हुन्। उक्त खोप अभियानबाट सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीहरुले खोप लगाएका छन्। त्यहाँ सबैभन्दा धेरै २ लाख १९ हजार ८३ जनाले खोप लगाएको परिवार कल्याण महाशाखाले जनाएको छ।
सबैभन्दा कम खोप लगाउने संख्या कर्णाली प्रदेशमा छ। त्यहाँ ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन्। यस्तै, मधेश प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको महाशाखाको तथ्यांक छ।