
रोल्पाका शनि विक बने नेपाल लोकस्टार, दोश्रो स्याङ्जाका गोतामे र तेश्रो उदयपुरका दनुवार, सर्वत्र प्रशंसा र बधाई
बक्षित हुचर्चित र बहु प्रति नेपाल लोकस्टारको उपाधि रोल्पाका शनि विश्वकर्माले चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधि विकले चुम्दा उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा स्याङ्जाका चेतन गोतामेले दोस्रो स्थान प्राप्त गरी २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पाउन सफल भएका छन् भने उदयपुर कटारीका विनोद दनुवारले तेश्रो स्थान हात पारी १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरी लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गर्न सफल भएका छन् ।
भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा लोकस्टार बन्न सफल विकले ‘अमिलो रसैले।।।’ बोलको गीत गाएका थिए।
नेपाली लोकसंस्कृति प्रचारप्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले कार्यक्रम असार १२ गते सुरु गरेको लोकस्टार कार्यक्रम भृकुटीमण्डपबाट ३६औं शृंखला प्रत्यक्ष प्रसारण गर्दै सम्पन्न भएको हो ।
नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो। देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारमा उत्कृष्ट छनोट भएका थिए।
विजयी प्रतिस्पर्धीलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, आईएमई गुप्रका अध्यक्ष चन्द्र ढकाल, अन्नपूर्ण मिडिया नेटवर्कका एमडी लक्ष्मी पौडेल, एपीवान टेलिभिजनका सुरेश पौडेल, चाहना मिडियाका प्रमुख भरतबहादुर बस्नेत, लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मि श्रलगायतले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा गायक सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
