प्रथम राष्ट्रिय माझी गोल्डकप : सिन्धुलि र बकैया निलो सेमिफाइनलमा प्रवेश

मूलखबर संवाददाता
मकवानपुर, ७ कात्तिक

नेपालकै प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा जारी खेलकुदमा ‘मकवानपुर बकैया नीलो’ र ‘सिन्धुली’ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १६ वटा टिम सहभागी भएका छन् । कात्तिक ९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बुधबार भएको पहिलो खेलमा ‘मकवानपुर बकैया नीलो’ दोस्रो खेलमा ‘सिन्धुली’ले जीत हासिल गरी सेमिफाइनल यात्रा तय गरेका रेफ्री सन्तोष राईले जानकारी दिएका हुन् ।

‘मकवानपुर बकैया नीलो’ले ३ गोल गर्दा ‘नुवाकोट’ले गोल फर्काउन सकेन । ‘मकवानपुर बकैया नीलो’का लागि जर्सी नं। १० का अनिल माझीले खेलको ३९औं र ५०औं मिनेटमा लगातार २ गोल गरेका थिए । ‘मकवानपुर बकैया नीलो’कै लागि समेश माझीले खेलको ६०औं मिनेटमा १ गोल थप्दै टिमलाई ३–० गोल अन्तरसहित सेमिफाइनलमा प्रवेश गराउन सफल भएका हुन् । यससँगै ‘मकवानपुर बकैया नीलो’का विवेक माझी ‘म्यान अफ द म्याच’ भए ।

आजको दोस्रो खेल ‘सर्लाही’ र ‘सिन्धुली’बीच भएकोमा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । ट्राइब्रेकरमा ९र९ जनाले पेनाल्टी प्रहार गरेकोमा सिन्धुलीले ५ गोल गरेको थियो भने सर्लाहीले ४ गोलमात्र फर्काउन सक्यो । सर्लाहीका किपर अक्षयलाल कुशवार ‘म्यान अफ द म्याच’ भए ।
प्रतियोगिता अन्तर्गत आज बिहिबार पहिलो खेल ‘धनुषा’ र ‘सुनसरी’ तथा दोस्रो खेल ‘खोटाङ’ र ‘रामेछाप’बीच हुनेछ ।