गण्डक क्षेत्रमा कम्युनिष्ट आन्दोलन : एक चर्चा

डा. बाबुराम भट्टराई
काठमाडौं

नेपालको कम्युनिष्ट आन्दोलनमा गण्डकी अञ्चलको महत्वपुर्ण भुमिका रहँदै आएको छ । नेपालको केन्द्रीय राज्यसत्ताको शुरुवात नै गोर्खा राज्यबाट भयो जुन गण्डकी अञ्चलभित्रै पर्दछ । सबै पहाडि भुभागहरुमध्ये गण्डकी अञ्चलमा खेतियोग्य जमीन पनि सबैभन्दा धेरै रहेको छ । धानखेती लगायतका खेतीबाली हुने भएका कारणले त्यतिवेला पनि विकासको केन्द्र त्यो हुनुपर्ने थियो । काठमाडौं उपत्यका बाहिरको सबैभन्दा वढि विकास भएको क्षेत्र पनि गण्डकी अञ्चल नै थियो । त्यसो भएको हुनाले नेपालमा जव ००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भयो त्यसपछि सामन्तवाद÷ साम्राज्यवादविरोधी जनवादी आन्दोलन शुरु भइसकेपछि त्यसको प्रभाव स्वतः नै गण्डक क्षेत्रमा प¥यो । त्यहा“को अग्रगामी चेतनाले त्यसलाई प¥यो । र हामीले इतिहास केलाएर हे¥यौं भने क्रमशः त्यो विस्तार हु“दै गएको र कम्युनिष्ट आन्दोलनका नेतृत्वदायी पदहरुमासमेत त्यसले भुमिका निर्वाह गरेको हामीले पाउ“छौं । कम्युनिष्ट आन्दोलनको विकासका चरणमा विभिन्न उतारचढावहरु भए ।

संघर्षका विभिन्न शसस्त्र र शान्तिपुर्ण रुपहरु अपनाइए । खासगरी पञ्चायति निरंकुशताकालमा भएका ठूला ठूला संघर्षहरु, ०४६ सालमा भएका जनआनदालल्न लगायत संघर्ष र आन्दोलनमा त्यस क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरेको पाइन्छ । तर नेपालको जनवादी आन्दोलनको उत्कर्ष भनेको ०५२ साल फागुन १ गतेबाट शुरु भएको महान जनयुद्ध नै थियो जसको नेतृत्व तत्कालिन नेकपा माओवादीले गरेको थियो । त्यो क्रममा गण्डक क्षेत्रको भुमिका कस्तो रह्यो भन्ने विषयमा म आफैं नै जनयुद्धको थालनी विकास र लामो समयसम्म त्यतिवेला हामीले पार्टीको मध्यमाञ्चल क्षेत्र भन्ने गर्दथ्यौं त्यसको इन्चार्र्ज भएका नाताले पनि त्यहाँ जनयुद्धको विकास कस्तो रह्यो भन्ने बारे मेरा आफ्ना अनुभति साँट्न पाउँदा मलाई धेरै खुशी र गर्व पनि लागेको छ ।

२०५२ साल फागुन १ गते जनयुद्धको शुरुवात गर्ने हाम्रो पार्टीले जुन निर्णय ग¥यो त्यो पहिलो योजना बैठक नै गण्डक क्षेत्रमा बसेको थियो । पाठकहरुलाई अनुभव बाँड्दा ठीकै हुन्छ भन्ने लाग्छ की जनयुद्धको पहिलो योजना हामीले सबैभन्दा पहिले कास्कीको माथिल्लो एक लेकमा भएको पोलिटव्युरोको बैठकमा निर्माण गरेका थियौं । त्यसलाई विस्तारित र अन्तिम रुप चाहीं गोर्खाको धुवाकोटगाउँमा एक किसानको घरमा बसेर हामीले बनाएका थियौं । त्यसैले जनयुद्धको थालनीको एक ढंगको विजारोपण गण्डक क्षेत्रबाट भयो भनेर हामी भन्न सक्छौं । र त्यसपछि हामीले जव फागुन १ गते फौजि कार्वाही शुरु गर्ने निर्णय गर्यौं, त्यस क्रममा हामीले देशका विभिन्न भागबाट शुरु गर्नुपर्छ भन्ने पार्टीको निर्णय मुताविक रोल्पाको होलेरी, रुकुमको आठविसकोट, गोर्खाको च्याङली र, सिन्धुलिको सिन्धुलिगढि यति चार ठाउ“बाट जनयुद्धको शुरुवात गर्ने निर्णय भयो । त्यसैक्रममा म त्यस क्षेत्रको इन्चार्जको हैसियतले पोखरामा हाम्रो क्षेत्रीय हेडक्वाटरमा बसेर च्याङली कार्वाहीको याजना बनाइयो । कृषि विकास बैंकमाथि आक्रमण गर्ने भन्ने हाम्रो जुन योजना बन्यो, सा“झमा गर्ने भन्ने थियो तर कृषि विकास बैंकमाथि कार्वाही गर्दा अफिस टाइमभित्रै गर्नुपर्ने भएकाले जनयुद्धको सबैभन्दा पहिलो कार्वाही नै त्यही बन्न पुग्यो । महान १० वर्षे जनयुद्धको थालनी नै यसकारण गोर्खाबाट वा भनौं गण्डकबाटै भयो भन्न सकीन्छ ।

त्यसपछिका थुपै्र घटनाहरु हेर्ने हो भने गण्डक क्षेत्रले ऐतिहासिकता प्राप्त गरेको हामीले पाउँछौं । त्यतिवेला हाम्रो पार्टीको केन्द्रीय हेडक्वार्टर कहाँ राख्ने भन्ने हाम्रो बहस चलेको थियो । र पहिले त हामी खुला हुँदा हेडक्वार्टर काठमाडौंमै थियो । भुमिगत भएपछि केन्द्रीय हेडक्वाटर गण्डकी क्षेत्रमै हुन्छ भन्ने हामीले ठान्यौं । भौगोलीक रुपमा देशको मध्य भागमा भएको कारण र संगठन पनि राम्रो विस्तार भएको कारण हामीले पार्टीको हेडक्वार्टर गण्डक क्षेत्रमै राख्न उपयुक्त ठानेका थियौं । हामीले स्याङजाको एउटा गाउँमा हेडक्वाटर राख्ने निर्णय पनि ग¥यौं । जनयुद्ध शुरु भएपछिको हाम्रो पोलिटव्यरोको पहिलो बैठक स्याङजाको एउटा गाउँमा गरेका थियौं । । त्यो नै हेडक्वार्टर थियो ।

प्छि हेडक्वाटर एक ठाउँमा मात्र राख्नु जोखिमपुर्ण हुने भएकाले चलायमान रुपमा अन्यत्र सा¥यौं । तर जनयुद्धको शुरुवातपछिको पहिलो हेडक्वाटर गण्डकमै थियो । यो इतिहासमा उल्लेख गर्न लायक घटना हो ।  ज्नयुद्ध शुरु भइसकेपछि दुईवटा वर्गको बिचमा संघर्ष बढ्दै गयो । एउटा वर्गलाई अर्को वर्गले आक्रमण गर्ने प्रक्रियाको शुरुवात भयो त्यस क्रममा पहिलो शहादत पनि गण्डक क्षेत्रमा नै भयो । जुन ०५२ साल फागुन १४ गते गोरखाको पन्दु्रङ गाउँको विद्यालयका विद्यार्थी दिलबहादुर रम्तेलको शहादत भएको थियो । उहाँ पहिलो शहीद बन्नुभयो । त्यसले ऐतिहासिक जनयुद्धमा गण्डक क्षेत्रले अर्को नयाँ रेकर्ड स्थापित गरायो ।

त्यसपछि फौजि कार्वाहीहरु बढ्दै गए ,जनताको स्थानिय जनसत्ता पनि निर्माण हुने क्रम अगाडि वढ्दै गयो ०५६ साल भदौ २३ गते जनयुद्ध कालभरी नै सबै भन्दा उच्च तहमा रहेका नेतृत्व तत्कालिन पोलिटव्युरो सदस्य शुरेश वाग्लेको हत्या भयो उहाँको शहादतले फेरि अर्को रेकर्ड गण्डक क्षेत्रमा स्थापित गरायो । अर्को उल्लेखनिय घटना हामीले लिन सक्छौ. गोर्खा जेल ब्रेकको । महीलाहरुले गोर्खा जेलबाट सुरङ खनेर बाहिर निस्कने र प्रतिक्रियावादी सत्तालाई चुनौति दिने जुन घटना घटाए त्यो जनयुद्धकै अर्को अविष्मरणिय घटना हो जुन गण्डक क्षेत्रमै पहिलो पटक भयो । यस्ता थुप्रै थुप्रै ऐतिहापिसक घटनाहरु ग्ण्डक क्षेत्रमा भएको हामीले पाउछौं । जनयुद्धकालमा गण्डक क्षेत्रको महत्वपुर्ण र अग्रणी भुमिका रहेको यो प्रमाण हो ।

जनयुद्धको लक्ष्य भनेको पुरानो सामन्तवादी सत्तालाई अन्त्य गरेर जनताको जनवादी सत्ता स्थापना गर्नु थियो त्यसैले अव हामीले क्रमशः हामीले गाउ“बाट सामन्ती सत्तालाई विस्थाप्ति गर्दै जनताको सत्ता स्थापना गर्न गाउले शहर घेर्ने रणनीतिमा हामी अगाडि बढिरहेका थियों । त्यसै क्रममा पटकपटकका बैठकहरुमा योजनाहरु निर्माण गर्दा हाम्रो बहस छलफल हुने गर्दथ्यो की । आधार इलाका जनताको सत्ता निर्माण गर्नै अर्थात मुक्त आधार इलाका निर्माण गर्ने उपयुक्त स्थानहरु कुन हुन स्क्छन् भनेर हामीले बहस चलाउ“थ्यों । त्यस क्तममा पार्टीले ०५३ साल पौष महिनामा पुगेपछि हामीले वर्गिय हिसावले मात्रै आन्दोलन उठाएर पुग्दैन खासगरी यो जातिय क्षेत्रीय उत्पीडनमा परेका वर्गलाई पनि डो¥याएर लानुपर्दछ भनेर हामीले आत्मनिर्णयको अधिकार र स्वायत्त सासनको आधारमा संघिय ढाचामा नेपाललाई लैजानुपर्दछ भन्ने निर्णय पनि हाम्रो पार्टीले ग¥यो । त्यसै क्रममा गण्डक क्षेत्र भनेको मुख्य रुपमा तमु जातीहरुको बसोवास भएको क्षेत्र भएको भलै अरु जातीहरुको पनि बसोवास नभएको होइन । कुमाल, बराम दराई लगायतका आदिवासी जनजाती र आर्य खसहरुको उल्लेख्य संखया छ तैपनि मुख्य आदिवासीको रुपमा तमु नै हो । खासगरी कालि गण्डकी देखि बुढिगण्डकी सम्मको उत्तरी भाग भनेको तमुवानहरुकै वसोवास भएको क्षेत्र हो । त्यसै हामीले पुरानो राज्य सत्ताबाट वढि उत्पीडित जाती तमु जाती भएकाले गण्डक क्षेत्रको उत्तरी क्षेत्रलाई तमुवान स्वायत्त प्रदेशको रुपमा विकास गर्नुपर्दछ भन्ने हामीले निर्णय ग¥यौं । त्यसरी नै गण्डकको दक्षिण्ी क्षेत्र कालीगण्डकी आसपासका क्ष्ेत्र र चुरे वरिपरिको क्षेत्रमा मगर जातीको ठूलो बसोवास भएकाले त्यसलाई मगरात स्वायत्त क्षेत्रको रुपमा हामीले घोषणा ग¥यौं । र अरु चेपाङ, कुमाल लगायतका इलाकाहरुमा ती जातीको स्वायत्त इलाका बनाउनु पर्दछ भनेर पनि हामीले निर्णय गर्यौं । त्यसै क्रममा गोर्खाको उत्तरी भेग कास्की लमजुङगायतको भुभाग समेटरे आधार इलाका निर्माण गर्ने योजना हामीले निर्माण ग¥यौं । र तमु स्वायत्त प्रदेशको रुपमा हाम्रो आधार इलाकाको स्थापना र विकास भयो । त्यैसगरी स्याङजा , तनहुँ र गोर्खाको दक्षिणी भागलाई पनि आधार इलाकाकै रुपमा विकास ग¥यौं । र त्यसको विकासको निम्ति विस्तृत योजना पनि बन्यो र मुख्य रुपमा हामीले गोर्खा लमजुङ र कास्ककिो उत्तरी भागलाई समेटर आधार इलाका बनाउने हामीले निर्णय गरेका थियों । त्यसपछिको अवस्थालाई हेर्ने हो भने ठुलठूला फौजी कार्वाही पनि त्यस क्षेत्रमा हुने गरे ।
०५७ ÷५८ सालसम्म आउँदा उत्तरी भाग झण्डैझण्डै मुक्त इलाका जस्तोमा परिणत ग।राउन सफल भयों । त्यहा फौजि फर्मेशनहरु आवतजावत गर्ने र जनताले आफ्नो सत्ता आफैंले चलाउने रुपमा त्यो विकास भयो । त्यसैगरी कालिगण्डकी आसपासको दक्षिणी भुभागमा पनि हामीले आधारइलाका बनायँंै । यसरी गण्डक क्षेत्रमा जनयुद्धको विकास घनीभुत बन्दै गयो ।

र पछिलो चरण्मा जनयुद्धकै रणनितीमा रक्षा सन्तुलन र प्रतयाक्रमणको चरणसम्म पुग्दा ठूलाठूला फौजी कार्वाही गर्ने क्रममा पनि हामी अगाडि वढ्यौं । ठूला ठूला फौजी कार्वाहीका घटनाहरु ग्ण्डक क्षेत्रमा घटेका छन् । ती मध्ये सबैभन्दा पहिलो महत्वपुर्ण घटना पछिल्ला ठूला घटनाहरुलाई छाडेर सेनासँग मात्रै भिडन्त भएको कुरा गर्ने हो भने सेनासँग भिडन्त गर्ने निर्णय गरिसकेपछि ०५८ साल मंसीर ८ गते दाङ, स्याङजा र सल्लेरीगरी तिन ठाउँमा हामीले सदरमुकाममा आक्रमण गर्ने जुन योजना बनायौं त्यसुैअनुसार गण्डकको स्याङको सदरमुकाम वालीङ बजार कब्जा गर्ने हाम्रो योजना बन्या । जसअनुसार मंसीर ८ गते हामीले स्याङजा माथि आक्रमण गर्यौं र कत्ति पनि क्षती नव्यहोरिकन हामीले पुरै कार्वही सफल पार्यौं । त्यहाबाट हामीले आर्थिक शक्ति व्यापक मात्रामा आर्जन गर्न सफल भयौं । र फौजि ढंगले पनि गण्डक क्षेत्रलाई अगाडि बढाउन त्यो कार्वाहीले ठुलो मद्धत पु¥यायो । त्यपछि पनि महत्वपुर्ण कार्वाही त्यस क्षेत्रमा निरन्तर जारी रहे ।

पछि आएर जनयुद्ध उचाइमा पूग्दै गएपछि जव ०६२ तिर चुनवाङको बैठकमा हामीले गाउँबाट शहर पस्ने योजना निर्माण ग¥यो हामीले ढाडमा टेकेर टाउकोमा हान्ने याजना बनायौं । जस अनुसार ठूला राजमार्गहरुमा केन्द्रीत हुँदै त्यसमार्फत ठूला शहरहरुमा छिर्ने र आक्रमण गर्दै अगाडि बढ्ने हाम्रो योजना बन्यो । त्यसै क्रममा पश्चिमको मुख्य फौजि शक्तिाचई काठमाडौंतिर सार्नको निमित गण्डक क्षेत्रमा साट्टयौं । त्यस क्रममा सबैभन्दा ठुलो फौजि केन्द्रीकरण हामीले गण्डकमै ग¥यौं ।

त्यतिवेलासम्म हामीले तमुवान र मगरातलाई मिलाएर गण्डकी लुम्बीनी लगायतको क्षेत्रलाई एकै ठाउ“मा जोडेर मध्यमाञ्चल बनाएका थियौं । त्यसका पाल्पा, स्याङजा, तनह त्यो आसपासमा हामीले फौजी केन्द्रीकरण गरेका थियों । त्यतिवेला भएका ठूला फौजि कार्वाही मध्ये ज्ञानेन्द्रले शाही कु गरेपछि त्यसको विरुद्धमा ठीक एक वर्ष पुगेको दिनमा ०६२ साल माघ १९ गते पाल्पामाथि फौजि आक्रमण ग¥यौं । त्यो सानदार सफल रह्यो र त्यही फौजि कार्वाहीले हामीलाई नयाँ उचाईमा उठायो । त्यसै क्रममा हामीले राजमार्ग वरिपरि ठूला ठूला मोर्चाहरु खोल्यौं । पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका क्षेत्रहरुमा हामीले फौजी कार्वाही ग¥यौं । जसले जनयुद्धलाई नया उचाई प्रदान गरायो । त्यही क्रममा राजनीतिक रुपमा १२ बुदै सहमति भयो र ०६२÷६३ सालको जनआन्दोलन भयो । त्यसपछि देशको राजनीतिक परिवेश फरक भयो र हामी शान्ति प्रक्रियामा आयों । शान्ति प्रक्रियामा आइसकेपछिको अवस्था त फेरी अर्कै भयो । त्यसकारण समग्रमा जनयुद्धको विकास क्रममा गण्डक क्षेत्रको महत्वपुर्ण भुमिका रहेको छ । र पछि शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचनको क्रममा पनि उल्ख्य प्रभाव रहेको हामीले पाउछौं । खासगरी गोर्खा लमजुङ तनहुँ कास्की यो भेगमा सवगतदेखि नै केन्द्र भएकाले त्यहा माओवादी पार्टीको ठूलो प्रभाव रहेको हामीले देख्न सक्छौं । एमाले जो संसोधनवादी शक्ति हो उसलाई समेत जोड्ने हो भने गण्डक क्षेत्रमा कम्युनिष्टको प्रभाव ठूलो प्रभाव रहेको पाइन्छ ।

ग्ण्डक क्षेत्र भनेको मध्यमवर्गीय किसान र तपका रहेको क्षेत्र पनि हो । त्यसको भएको कारणले त्यहाँ शिक्षा आदि क्षेत्रमा पनि ठुलो विकास भएको पनि छ । त्यसैले गर्दा झट्ट हेर्दा कम्युनिष्टहरुको प्रभाव अलि कम हुने हो की भन्ने पनि मान्छेहरुले धारणा बनाउन सक्दछन् तर कम्युनिष्ट विचारधारा भनेको एउटा वर्गीय चिन्तन हो भने अर्को एउटा विज्ञान पनि भएको कारणले सचेतनाको पनि माग गर्दछ । त्यसैले शिक्षादिक्षाको राम्रो विकास भएको र वर्गिय जातिय उत्पीडन भएको कारणले गण्डक क्षेत्रमा कम्ुनिष्टहरुको प्रभाव निकै भएको हामीले पाउँछौं । त्यो कुरा त संविधानसभाको निर्वाचनको परिणामले पनि देखाएको छ । कम्युनिष्टहरुले अत्याधिक संख्यामा विजय हासिल गरेका छन् । त्यो जनयुद्धकालको प्रभावको साथ सािथै पछिल्लो शान्तिपुर्ण र संविधानसभाको निर्वाचनको क्रममा पनि कम्युनिष्टहरुको वर्चश्व देखिन पुग्यो ।

यसरी आगामी दिनमा जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकता अझ बाँकी छ त्यस क्रममा पनि गण्डक क्षेत्रले उल्ल्लेखनीय भुमिका निर्वाह गर्नेछ । गर्नुपर्दछ भन्ने हामीलाई लाग्दछ ।
(नेपालमा नयाँ संविधान बन्नु अगावै यो लेख लालुपाते पत्रिकामा प्रकाशीत छ ।)