यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
टेलिकम कार्यलयमै तास खेलिरहेका ७ कर्मचारी रंगेहात पक्राउ (भिडियोसहित). मूलखबर संवाददाता काठमाडौं, ५ कात्तिक । काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयमा दिउँसो २ बजे प्रहरीले छापा मारेको छ । कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बबरमहलमा रहेको कार्यालयको मुख्य भवनमै कार्यालय समयमा कर्मचारी तास खेलिरहेका खबर नागरिकखबर डटकम अनलाइनले प्रकाशीत गरेको छ ।. टेलिकमकै केही उच्च अधिकारीसमेत तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । १५र२० जनाले तास खेले पनि प्रहरी आएको सूचना पाएर अन्य कर्मचारी भागिसकेका थिए । सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।. नेपाल टेलिकमको बबरमहल कार्यालयमा बिहान १० बजेदेखि नै जुवातासको खाल सुरु हुने गरेको केही कर्मचारीले नै गुनासो गरेका छन् । पक्राउ परेका कर्मचारीलाई कानुनअनुसारको कारबाही गरिने प्रहरीले जनाएको छ ।.
टेलिकम कार्यलयमै तास खेलिरहेका ७ कर्मचारी रंगेहात पक्राउ (भिडियोसहित)
मूलखबर संवाददाता
काठमाडौं, ५ कात्तिक ।
काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयमा दिउँसो २ बजे प्रहरीले छापा मारेको छ । कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बबरमहलमा रहेको कार्यालयको मुख्य भवनमै कार्यालय समयमा कर्मचारी तास खेलिरहेका खबर नागरिकखबर डटकम अनलाइनले प्रकाशीत गरेको छ ।
टेलिकमकै केही उच्च अधिकारीसमेत तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । १५र२० जनाले तास खेले पनि प्रहरी आएको सूचना पाएर अन्य कर्मचारी भागिसकेका थिए । सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल टेलिकमको बबरमहल कार्यालयमा बिहान १० बजेदेखि नै जुवातासको खाल सुरु हुने गरेको केही कर्मचारीले नै गुनासो गरेका छन् । पक्राउ परेका कर्मचारीलाई कानुनअनुसारको कारबाही गरिने प्रहरीले जनाएको छ ।
https://youtu.be/0hjq6T2-cqs