पुर्व शिक्षक नेता लोहनी चितवनबाट पक्राउ, रिहाइकाे लागि दबाब बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

पुर्व शिक्षक नेता तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

प्रतिकूल स्वास्थ्य स्थितिका कारण आइतबार मात्रै विप्लव नेतृत्वको नेकपाले उनलाई विदा दिएको सार्वजनीक गरेको थियो । महासचिव विप्लवको विज्ञप्तिमा उनलाई सो पार्टीले केन्द्रीय समितबाट बिदाई गरेको र उनले आफ्नो ढंगले देश र जनताको पक्षमा काम गर्न सक्ने बताएको थियोे । प्रतिवन्धीत विप्लव नेतृत्वको प्रचार प्रसार गतिविधिमा सक्रिय रहेका उनलाई यतिवेला पक्राउ गरिनुलाई अस्वभाविक मानिएको छ । यस अघि पनि उनलाई वार्ताको मध्यस्तकर्ता बनिदिन पटक पटक सत्तापक्षले आग्रह गरेको खबर आइरहेका थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका– ११, बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । लेखन, पत्रकारिता र बौद्धिक काममा क्रियाशील तथा सरकार–नेकपाबीच वार्ताका लागि मध्यस्थताका निम्ति निरन्तर पहल समेत गर्दै आइरहेका लोहनी माओवादी आन्दोलनमा स्थापित शिक्षक नेता पनि हुन् ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । लोहनी ‘रातो खबर’ साप्ताहिक तथा अनलाइनका सञ्चालक समेत रहेका छन् । उनी माइजथेनिया ग्रयनविज र स्पोन्डिलोसिस रोग एवम् उच्च रक्तचाप अनि पेटको समस्याबाट अस्वस्थ थिए ।

लोहनीको पक्राउपछि उनकी धर्मपत्नी सरला रेग्मीले आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिँदै उनको पक्राउको कारण मागसहित तत्काल रिहाइको माग गरेकी छिन ।

रेग्मीले आफ्नो फेसबुक स्टाटसमा एक लाखमा एकजनालाइ हुने माइजथेनिया ग्रयनविजर स्पोन्डिलोसिस० रोग, उच्च रक्तचाप अनि पेटको समस्याको बिरामी रहेका लोहनीलाई पार्टीले बिदाई गरिसकेको अबस्थामा किन प्रहरीले गिरफ्तार गरेको हो भनेर प्रश्न गरेकी छिन। उनले “जो कलमविर हो । उ आस्था र बिचार बोकेर कलम बोकेर संसदिय गणतन्त्र र नयाँ गणतन्त्रको मध्यस्थतामा अहोरात्र खटिरहनु भएको” कुरा उल्लेख गर्दै वहाँलाईआफ्ना श्रीमान् गुणराज लोहनीलाई गिरफ्तार गरिनुको कारण बारे जानकारी पौने अधिकारबाट बन्चित गरिएको’ टिप्पणी गरेकी छिन।