
शिक्षण अस्पतालमा तेश्रो पटक कलेजोको सफल प्रत्यारोपण
नेपाल स्वास्थ्य उपचारको हिसावले समृद्ध बन्दै गएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा तेस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ।
सर्जन डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रत्यारोपण गरेको हो। ५२ वर्षे बाबुलाई २७ वर्षको छोराले कलेजो दिएका हुन्।
यसअघि जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार तेस्रो पटक सफल प्रत्यारोपण गरेको जनाएको छ।
