एनआरएनएको अध्यक्षमा उपाध्यक्ष कुल आचार्यको उम्मेदवारी घोषणा

मूलखबर संवाददाता
काठमाडौं, २७ असोज

गैर आवासिय नेपाली संघ एनआरएनएको अधिवेशन आउनु एक दिन अघि सोमबार वर्तमान उपाध्यक्ष कूल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । राजधानीमा पत्रकार सम्मेलन गरि आचार्यले संघको आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उहाँले संघलाई सम्पुर्ण गैह् आवासिय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महसुस गर्ने संघ बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले आफ्नो उम्मेदवारी संगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गर्नुभएको छ । उहाँले झन्झटमुक्त गैह् आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधार मा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सार्नुभएको छ ।

उहाँले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पुर्ण गैह आवासीय नेपाली समुदायको चाहाना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

मंगलबार देखि सुरु हुने गैह् आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।