एनआरएनए उपाध्यक्षमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीकाे उम्मेदवारी, हेरौं उनका ७ प्रतिबद्धता

मूलखबर संवाददाता
काठमाडौं, २७ असोज

गैरआवासीय नेपाली संघको महाधिबेशन एवम् विश्व सम्मेलन यही अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँको होटल हायातमा हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।
यस अधिवेशनमा आगामी कार्यकालको लागि अष्ट्रेलियामा बसोबास गर्ने समाजसेवी धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

नेपालबाट अध्ययन र व्इापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा त्यहीँबाट समर्पीत भएर लागेका हुन् । अस्ट्रेलियाबाट यस अभियानमा पाइला सारेका उनले चुनावी अभियानको क्रममा विभिन्न देशमा गएर माहौल बनाएका छन् । विभिन्न देशका नेपालीका सुख दुखसँग साक्षात्कार भएका अधिकारी समाजसेवी पनि हुन् ।

अधिकारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण बनाउने देखि दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेनका विषयलाई प्रमुअ अजेण्डाको रुपमा अघि सारेका छन् ।

अधिकारीको पक्षमा साझा माहौल बन्दै गएको देखिएको छ जसले उनको विजयलाई सन्निकट बनाउँदै लगेको छ ।

उनले अगाडि सारेका प्रतिबद्धताहरु

१। समावेशी र सुदृढ संगठन
२। सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारी
३। नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन
४। विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण
५। समृद्ध नेपालका लागि गैर आवासीय नेपालीको सामूहिक लगानी
६। नेपाली नागरिकताको निरन्तरता
७। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार