
प्रसूति गृहमा अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई कर्मचारी घाइते
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई कर्मचारी घाइते भएका छन्।
अक्सिजन प्लान्टको सर्भिसिङ गर्न आएका कर्मचारी घाइते भएका हुन्। उक्त प्लान्ट ४ महिनाअगाडि मात्र जडान गरिएको थियो। उक्त प्लान्टले दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आइरहेको थियो।
घाइते कर्मचारीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।
