बुद्ध धर्म पुनः जीवितीकरण
भारतले हालका वर्षमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ। आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधनस्रोतहरूका साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ।
यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन– २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न एक्काईसौं शताब्दी अन्तर्राष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सबलीकरण गर्न भएका प्रयासबाट प्रस्ट हुन्छ।
भारतमा विकसित बौद्धमार्गीको लामो इतिहास छ र यसका धेरै स्रोतसाधन पनि छन्। भारतमा भएका बौद्धधर्मका लागि पवित्र स्थान बोधगया (बुद्धले बोधिसत्व प्राप्त गरेको स्थान), सारनाथ (बुद्धकोे प्रथम धर्मदेशना भएको स्थान) र नालन्दा मठ (जहाँ बौद्धग्रन्थहरू शदीयौंदखि उपलब्ध छन्) ले बुद्धधर्मका मूल्यवान् सम्पत्तिहरू मात्र उपलब्ध गराउँदैनन् बरु बौद्धमार्गको आधार र त्यसलाई जीवितीकरण गर्नसमेत ठोस आधार उपलब्ध गराउँछन्। तैपनि यो कार्य गर्नभन्दा भन्न सजिलो छ। यस्तो लाग्छ, महान् विचारका प्रणेताहरू त्यसको व्यावहारिक प्रयोगमा सधैं असफल हुन्छन्।
भारतका लागि नालन्दा विहार (मठ) विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि सरकारले यसलाई ‘बौद्धमार्गीहरूको पवित्र भूमि’ बनाउने र यसको ऐतिहासिक गौरवलाई पुनः स्थापति गर्ने चाहना राखे पनि उक्त योजना आवश्यक कोषको व्यवस्थापन गर्न नसकेर स्थगित गरिएको थियो। रिपोर्टले के जनाउँछ भने सन् २०१४ मा नालन्दा विश्वविद्यालयमा शिक्षण सुरु गरिँदा मात्र ११ शिक्षक र १५ विद्यार्थी थिए र हाल पनि सो विद्यार्थी भर्ना दर न्यून नै छ र शिक्षण भवन तथा व्यवस्थापन पक्षको विकासमा भारतले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको छैन।
भारतीयले सधैं बलिया योजना तर फितलो कार्यान्वयन प्रस्तुत गर्ने गर्छन्, जुन नालन्दा सांस्कृतिक सम्पदाको नालन्दा विहारलाई नालन्दा विश्वविद्यालय बनाउने कार्यले बुझाउँछ। हाल नालन्दा विश्वविद्यालय बाहिरी समूहले सञ्चालन गरेको छ। स्रोतका अनुसार जीवित बुद्ध कीर्ति जो तिब्बती बुद्धधर्मका गेलुङ सम्प्रदायका प्रख्यात हुन् र धर्मशालामा बसिरहेका छन्। उनले हाल भव्य नालन्दा बुद्ध कलेज बनाउन ठूलो लगानी गरिरहेका छन्। उक्त कार्यमा चौधौं दलाईका प्रतिष्ठित पाहुना तथा तिब्बती बौद्धमार्गी र तिब्बती कार्यकारी केन्द्रीय समितिका नेता लोब्साङ साङ्गेले पनि उक्त कार्यमा लगानी लगाइरहेका छन्। उनीहरूको कार्यको अन्तरवस्तुचाहिँ तिब्बती बौद्धमार्गको उत्कृष्टतालाई प्रवद्र्धन गर्नु हो प्रवासी तिब्बतीहरूको बुद्धधर्मलाई आत्मसात गरी त्यसलाई जोगाइराख्ने ध्येय हुन सक्छ। तर त्यसले विभिन्न समस्या निम्त्याउन सक्छ।
हुन सक्छ– कानुनी प्रावधानका रूपमा भारतीय सरकारको बिहारमा नालन्दा विश्वविद्यालय बनाउने योजना र विश्व सम्पदा सूचीलाई गरिने सुरक्षाजस्तो विषयमा विवाद आउन सक्छ र यसको ख्यातिप्रतिको अधिकारमाथि प्रश्न उठ्न सक्छ। यस अर्थमा कि भारतको नालन्दामा नालन्दा विश्वविद्यालय र उक्त ठाउँमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने कार्य भारतको गौरव हो। तर यसमा निर्वासित तिब्बतीहरूले नेतृत्व गर्नु, अतिथिबाट आतिथेय बन्ने प्रयत्न गर्नु शंकास्पद छन्। निर्वासित तिब्बतीलाई हेर्ने हो भने उनीहरू जतासुकै मन्दिर, धर्मशाला निर्माण गरिरहेका छन्।
धर्मशाला भन्नु व्यर्थ छ कि भारतीय भूमिमा भव्य दरबार जस्ता ग्यादेन गुम्बा, ड्रपुङ गुम्बा, सेटा गुम्बा (विहार) हरूले सय एकडभन्दा बढी क्षेत्रफल ओगटेका छन् र हजारौं भिक्षुहरूले भरिएका छन्। तीनलाई देख्दा लाग्छ, तिब्बती धर्म भारतमा फस्टाइरहेको छ र तिब्बतीहरू अतिथिको रूपमा बसेर आतिथेय बन्दै गएको अवस्था छ। यो भोक दिनानुदिन बढ्दै गएको देखिन्छ। विगतलाई हेर्ने हो भने भारतले बुद्ध जन्मभूमि लुम्बिनीमाथि पनि धावा बोल्न दलाई लामालाई अघि सारेर आफ्नो विचार व्यक्त गरेको र त्यसलाई नेपालका आमसञ्चार माध्यमले खण्डन र आलोचना पनि गरे। उक्त विषयमा प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रूपमै बोले। अब, नालन्दा बौद्ध एकेडेमीको निर्माण कार्यबाट मूल्यांकन गर्ने हो भने, भारतले आफ्नो महान् दृष्टिकोणमाथि आफैंले आफैंलाई आत्मकेन्द्रित भएर मूल्यांकन गर्नुपर्ने बेला आएको छ। भारतले समग्र विश्वलाई हेर्नुपूर्व आफ्नै मामिला हेर्नु र विचार पुर्याउनुपर्ने हुन्छ।
अहिले दलाई तिब्बती बुद्धधर्म नालन्दाको बुद्धधर्मबाट उत्पत्ति भएको धर्म मान्छन् र भारले बुद्धधर्मको प्रचार–प्रसार गर्न र अघि बढाउन नसकेको स्विकार्छन्। के त्यसो हो भने उनी नै हुन् त भारतको जिम्मेवारी आफ्नो काँधमा लिएर अघि बढ्ने ? प्रश्न उठ्न सक्छ। कडा बोली र फितलो व्यवहार भएको भारतीय प्रशासन यो र यस्ता मामिलामा व्यावहारिक हुनुपर्छ र तिब्बती निर्वासित भिक्षुहरूबाट पनि सिक्नुपर्छ।
तिब्बती लामाहरू भारतमा पश्चिमाहरूको आर्थिक सहयोगमा भारतीय भूमिमा उद्भव भएको सक्कली बौद्धधर्मलाई पाखा लगाई परिष्कृत तिब्बती बौद्ध धर्म प्रचारमा उद्यत् छन्। तिब्बती बौद्ध धर्ममा पनि परिष्कार र तोडमोड पर्याप्त मात्रामा गरिएका छन्, विशेषत दलाईका अनुयायीबाट, त्यो पनि पश्चिमा संसारको डिजाइनअनुरूप। भारतीय सरोकारवाला पक्ष र अधिकारीहरूले पनि भारतीय बुद्धधर्ममा भएका अन्यथा हस्तक्षेपबाट धर्मलाई जोगाउन र आफ्नो गौरवमय विगतलाई ठीक बाटोमा मोड्न बेलैमा सचेत हुनुपर्छ र अतिथिहरूले पनि आतिथेयका वास्तविकता र ऐतिहासिक योगदानमाथि पश्चिमाको सेवा गर्न हस्तक्षेप गर्नु हुन्न।
— श्रेष्ठ वरिष्ठ कूटनीतिज्ञ हुन्।