करका दर हेरफेर हुँदैछ भनेर सुचना चुहाएकाे प्रमाणित गर्न अर्थमन्त्रीकाे चुनाैति

मूलखबर संवाददाता
काठमाडौं, २८ जेठ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर हुँदैछ भनेर सुचना चुहाएकाे प्रमाणित भएमा सार्वजनिक जीवन त्याग गर्ने बताएका छन् ।

उनलेे लेखा समिति बैठकमा विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका हुन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए ।

आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।

उनले भने, ‘यसमा प्रमाण ल्याएर आउनुहुन्छ भने म त कठघरामा उभिन तयार छु । ‘अर्ब/खर्ब भन्द्याछन् जथाभावी । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । मेरो चुनौति हो ।’