प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको निर्णय
विपक्षी दलहरूको बैठकले संसदबारे पुरानै निर्णयलाई दोहोर्याएका छन् । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले ‘प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने निर्णय दोहोर्याएको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
प्रधानमन्त्री शाहले सदनको रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् ।
विपक्षी दलहरूले मंगलबारको बैठक पनि अवरुद्ध गरेका थिए ।




