संघीय गठबन्धनको १२ दिने आन्दोलनको कार्यक्रम तय
काठमाडौं, ५ जेठ ।
राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको संघीय गठबन्धनले थप १२ दिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।
गठबन्धनको बुधबार विहान बसेको बैठकले थप १२ दिनका लागि आन्दोलनको कार्यक्रम तय गरेको हो ।
गठबन्धनले उपत्यका केन्द्रीत दश दिने र दुई दिन राजधानी बाहिर आमसभ गर्ने आन्दोलनको कार्यक्रम तय गरेको हो ।
जसअनुसार गठबन्धनले बिहीबारदेखि नयाँ चरणको आन्दोलन सुरु गर्ने छन । यसक्रममा उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा जुलुससहित कोणसभा गर्ने कार्यक्रम गर्ने रहेको छ ।
राजधानी केन्द्रित आन्दोलनअन्तर्गत गठबन्धनले यही जेठ ६ गते ललितपुरको लगनखेलमा, जेठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ ।
त्यस्तै गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
राजधानी केन्द्रित आन्दोलनका क्रममा दिन सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले आज शान्तिबाटिका कोणसभाको आयोजना गरेको छ । ।
संविधान जारी भएलगत्तै त्यसमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा आन्दोलन गर्दै आएको गठबन्धनले सत्ता पक्षलाई थप दबाब दिन यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेको हो ।