अनिलकुमार झा वाग्मती नदीमा मृतावस्थामा फेला
काठमाडौ, २८ बैशाख ।
समनपुर गाविस–१ बस्ने ४५ वर्षीय अनिलकुमार झा वाग्मती नदीमा मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वाग्मती नदीमा डुबेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो । पारिवारिक स्रोतका अनुसार सर्लाही जिल्लाको बरहथवामा रहेको खेती हेर्न गएका उनी राति नफर्केपछि खोजबिन गरिएको थियो ।
झा रौतहट क्षेत्र नं ४ का सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष हुन् । नदीमा साइकलले थिचिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पताल गौरमा परीक्षणका लागि राखिएको छ । रासस