स्पेनिश ला लिगा-बार्सिंलोना र रियल मड्रिड मात्र उपाधी होडमा
काठमाडौं,२७ वैशाख ।
स्पेनिश ला लिगा फुटबलमा एक चरणका खेल बाँकि रहँदा बार्सिंलोना र रियल मड्रिड मात्र उपाधी होडमा कायम रहेका छन् । अर्को दाबेदार मानिएको एट्लेटिको मड्रिड गएराती लेभान्तेसंग २–१ ले पराजित भएसंगै उपाधिका लागि बार्सा र रियल मड्रिड बाकि रहेका हुन् । यद्यपी दुबैले आफ्नो अर्को खेल जिते उपाधी वार्सिलोनाको पोल्टामा पर्नेछ । बार्सिलोनाले गएराती स्पानियोललाई ५–० को फराकिलो अन्तरले हरायो ।
आठौ मिनेटमा लियोनल मेसीको गोल मार्फत अग्रता बनाएको बार्साका लागी लुईस स्वारेजले ५२ र ६१ औ मिनेटमा थप गोल गरे । बार्साको जितमा राफिन्हा र नेयमारले पनि गोल गरे । त्यस्तै रियल मड्रिडले भ्यालेन्सीयालाई ३–२ ले हराउदै उपाधि दाबेदारी कायमै राख्यो । उसका लागी क्रिष्टियानो रोनाल्डोले २६ र ५९ औ तथा करिम बेन्जिमाले ४२ औ मिनेटमा गोल गरे । खेल बाँकि रहदा बार्सा ८८ अंक सहित शिर्ष स्थानमा छ भने रियलको ८७ अंक छ । तेश्रो स्थानको एट्लेटिको मड्रिडको ८५ अंक छ । यस सिजन गेटाफे, स्पोर्टिङ डि गिजोन, रायो भल्कानो र लेभान्ते रेलिगेशन नजिक छन् ।