यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एप्पल घाटामा. प्रविधिको दुनियाँमा दिग्गज कम्पनी ‘एप्पल’ ले विगत १३ वर्षमा पहिलो पटक घाटा ब्यहोरेको छ । मंगलबार जारी गरिएको तथ्यांकअनुसार सो कम्पनीले पछिल्लो त्रैमासिक अवधिमा १३ प्रतिशत घाटा व्यहोरेको हो ।. आइफोनको बिक्रीमा कम्पनीले गरेको ‘अतिविश्वास’ र चिनियाँ बजार एप्पलको घाटाको मूख्य कारण रहेको बताइएको छ ।. अघिल्लो वर्ष यसै त्रैमासिकमा एप्पलले ५८ अर्ब डलरको बिक्री गरेको थियो । यो वर्ष सो अवधिमा उसको बिक्री घटेर ५० अर्ब डलरमा सीमित भएको छ ।. एप्पलको बिक्रीमा सन् २००३ यता पहिलो पटक गिरावट आएको हो ।. यो त्रैमासिकमा एप्पलले पाँच करोड १२ लाख आइफोन बिक्री गरेको छ । जबकी सन् २०१५ को पहिलो त्रैमासिकमा कम्पनीले ६ करोड १२ लाख आइफोन बिक्री गरेको थियो ।. बजारमा गिरावटको असर यसको शेयरमा पनि देखिएको छ । एप्पलको शेयरमा विगत एक वर्षमा २० प्रतिशत कमी आएको छ । (एजेन्सी).
एप्पल घाटामा

प्रविधिको दुनियाँमा दिग्गज कम्पनी ‘एप्पल’ ले विगत १३ वर्षमा पहिलो पटक घाटा ब्यहोरेको छ । मंगलबार जारी गरिएको तथ्यांकअनुसार सो कम्पनीले पछिल्लो त्रैमासिक अवधिमा १३ प्रतिशत घाटा व्यहोरेको हो ।
आइफोनको बिक्रीमा कम्पनीले गरेको ‘अतिविश्वास’ र चिनियाँ बजार एप्पलको घाटाको मूख्य कारण रहेको बताइएको छ ।
अघिल्लो वर्ष यसै त्रैमासिकमा एप्पलले ५८ अर्ब डलरको बिक्री गरेको थियो । यो वर्ष सो अवधिमा उसको बिक्री घटेर ५० अर्ब डलरमा सीमित भएको छ ।
एप्पलको बिक्रीमा सन् २००३ यता पहिलो पटक गिरावट आएको हो ।
यो त्रैमासिकमा एप्पलले पाँच करोड १२ लाख आइफोन बिक्री गरेको छ । जबकी सन् २०१५ को पहिलो त्रैमासिकमा कम्पनीले ६ करोड १२ लाख आइफोन बिक्री गरेको थियो ।
बजारमा गिरावटको असर यसको शेयरमा पनि देखिएको छ । एप्पलको शेयरमा विगत एक वर्षमा २० प्रतिशत कमी आएको छ । (एजेन्सी)