ससुराली गएर आगो लगाए ज्वाँईले

काठमााडौं, १४ बैशाख ।

दाङको रामपुरमा एक जनाले आफ्नो ससुराली घरमा आगो लगाइदिएका छन् । श्रीमतीसँगै ससुराली गएका घोराही-६ गिठेपानीका रामबहादुर बिकले सामान्य विवाद भएपछि घरमा आगो सल्काइदिएर भागेको प्रहरीले जनाएको छ ।

आगजनीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । क्षतिको एकिन विवरण लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । घरमा आगजनी गर्ने रामबहादुर फरार रहकाले खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।