यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
दक्षिण एसियामा खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै. काठमाडौं, १३ वैशाख ।. दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ ।. खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ । नासाको अध्ययनमा दक्षिण एसियाली क्षेत्रमा जमिनमुनी पानीको मुहान सुक्दा निम्तिएको खडेरीले उत्तरी ध्रुव पूर्वतिर सरेको पाइएको हो ।. नासामा कार्यरत नेपाली वैज्ञानिक सुरेन्द्र अधिकारी र एरिक इभिन्सको यसै महिना साएन्स एडभान्स जर्नलमा प्रकाशित लेखमा जलवायु परिवर्तनका कारण ग्रिनल्याण्डको हिउँ पग्लिएर मात्र नभई दक्षिण एसियामा देखिएको खडेरीलाई समेत यसको कारण औंल्याइएको छ ।. यी दुबै कारणले पृथ्वीको भार एकबाट अर्को स्थानमा सर्दा ध्रुवीर प्रणाली प्रभावित भएको हो । –नागरिक दैनिकबाट.
दक्षिण एसियामा खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै
काठमाडौं, १३ वैशाख ।

दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ ।
खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ । नासाको अध्ययनमा दक्षिण एसियाली क्षेत्रमा जमिनमुनी पानीको मुहान सुक्दा निम्तिएको खडेरीले उत्तरी ध्रुव पूर्वतिर सरेको पाइएको हो ।
नासामा कार्यरत नेपाली वैज्ञानिक सुरेन्द्र अधिकारी र एरिक इभिन्सको यसै महिना साएन्स एडभान्स जर्नलमा प्रकाशित लेखमा जलवायु परिवर्तनका कारण ग्रिनल्याण्डको हिउँ पग्लिएर मात्र नभई दक्षिण एसियामा देखिएको खडेरीलाई समेत यसको कारण औंल्याइएको छ ।
यी दुबै कारणले पृथ्वीको भार एकबाट अर्को स्थानमा सर्दा ध्रुवीर प्रणाली प्रभावित भएको हो ।
–नागरिक दैनिकबाट