मन्त्री विष्टलाई हटाएको प्रति शाही यूवा शक्ति नेपालले आपत्ति

काठमाडौ, ९ बैशाख ।

आफुहरुले आयोजना गरेको कार्यक्रममा राजाआउ देश बचाउ भनेकै आधारमा संघीय मामिला एवम स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई हटाएको प्रति शाही यूवा शक्ति नेपालले आपत्ति प्रकट गरेको छ ।

संगठनले बिहीबार एक विज्ञप्ति निकालेर राजाआउ देश बचाउ भनेकै निहरुमा सहायक मन्त्री विष्टलाई हटाउने हो भने राज्यको ढुकुटीमा ब्रम्हलुट गर्दै ईशाई धर्मको वकालत गर्ने सरकारमै सहभागि रहेका मन्त्रीहरुलाई समेत हटाउनु पर्ने माग गरेको छ ।

संगठनका अध्यक्ष पशुपति खड्काले जारी गरेको विज्ञप्तिमा राजा आउ देश बचाउ भन्दै पाँच वर्षदेखि निरन्त संघर्ष गर्दै आएको र सोही क्रममा विष्टको प्रमुख आतिथ्यमा राजदरवार सरसफाई लगायतका काम गरेपछि सञ्चारमाध्यमले संगठनको नाम ओझेलमा पारेकोभन्दै गुनासो समेत गरेको छ ।