यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नयाँ वर्षको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल. काठमाडौं,२ वैशाख २०७३ ।. नयाँ वर्षको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । निकुञ्ज मुख्यालय बाहिरका २० वटा होटल यतिबेला आन्तरिक पर्यटकले भरिभराउ छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा बुटवलका उज्ज्वल परियार परिवारसहित बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरद्वारा आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, चिसापानीको पुल, कर्णाली नदीमा र्याफ्टिङ गर्ने उद्देश्यले नयाँ वर्ष मनाउने मुुलुकका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकको उल्लेखनीय उपस्थिति छ । लामो समयको नाकाबन्दी र हडतालले प्रत्यक्ष असर परेको पर्यटन व्यवसायमा पर्यटकको आगमनले केही आशा पलाएको छ । नयाँ वर्षलाई स्वागत गर्न निकुञ्ज आसपासमा रहेका होटललाई विशेष सिँगारिएको छ ।. पर्यटन व्यवसायी एवं चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले निकुञ्ज क्षेत्रका सबै होटलमा आन्तरिक तथा विदेशी पर्यटक झन्डै शत प्रतिशत बुक भएको बताए । ८० प्रतिशत आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन काठमाडौं, बुटवल, कास्की, बाँके, बर्दियालगायत ठाउँबाट आएको बर्दिया टाइगर रिसोर्टका सञ्चालक रामजी थापाले जनाए । नेपालीले मनाउने नयाँ वर्ष मनाउन यहाँ आएका विदेशी पर्यटक पनि रमाएका छन् ।. निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार नयाँ वर्ष मनाउन नवदम्पती, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थीलगायतका आन्तरिक पर्यटक आएका छन् । करिब ५१ प्रतिशत थारू समुदायको बस्ती भएको जिल्लामा अघिल्लो वर्षको लेखाजोखा गर्दै बिदाइ र नयाँ वर्षको स्वागत माघ महिनामा गरिए पनि विक्रम संवत् पनि उत्तिकै मनाउने गर्छन् ।. थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा लिए पनि मुलुकले मनाउने नयाँ वर्षमा गच्छेअनुसार सुँगुर, बंगुर, खसी, कुखुरा काटेर मदिरा सेवन गर्ने चलन बढेको शिवपुर गाविस २ का राधे थारूले बताए ।.
नयाँ वर्षको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल
काठमाडौं,२ वैशाख २०७३ ।

नयाँ वर्षको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । निकुञ्ज मुख्यालय बाहिरका २० वटा होटल यतिबेला आन्तरिक पर्यटकले भरिभराउ छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा बुटवलका उज्ज्वल परियार परिवारसहित बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरद्वारा आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, चिसापानीको पुल, कर्णाली नदीमा र्याफ्टिङ गर्ने उद्देश्यले नयाँ वर्ष मनाउने मुुलुकका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकको उल्लेखनीय उपस्थिति छ । लामो समयको नाकाबन्दी र हडतालले प्रत्यक्ष असर परेको पर्यटन व्यवसायमा पर्यटकको आगमनले केही आशा पलाएको छ । नयाँ वर्षलाई स्वागत गर्न निकुञ्ज आसपासमा रहेका होटललाई विशेष सिँगारिएको छ ।
पर्यटन व्यवसायी एवं चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले निकुञ्ज क्षेत्रका सबै होटलमा आन्तरिक तथा विदेशी पर्यटक झन्डै शत प्रतिशत बुक भएको बताए । ८० प्रतिशत आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन काठमाडौं, बुटवल, कास्की, बाँके, बर्दियालगायत ठाउँबाट आएको बर्दिया टाइगर रिसोर्टका सञ्चालक रामजी थापाले जनाए । नेपालीले मनाउने नयाँ वर्ष मनाउन यहाँ आएका विदेशी पर्यटक पनि रमाएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार नयाँ वर्ष मनाउन नवदम्पती, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थीलगायतका आन्तरिक पर्यटक आएका छन् । करिब ५१ प्रतिशत थारू समुदायको बस्ती भएको जिल्लामा अघिल्लो वर्षको लेखाजोखा गर्दै बिदाइ र नयाँ वर्षको स्वागत माघ महिनामा गरिए पनि विक्रम संवत् पनि उत्तिकै मनाउने गर्छन् ।
थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा लिए पनि मुलुकले मनाउने नयाँ वर्षमा गच्छेअनुसार सुँगुर, बंगुर, खसी, कुखुरा काटेर मदिरा सेवन गर्ने चलन बढेको शिवपुर गाविस २ का राधे थारूले बताए ।