चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी

काठमाडौं , २७ चैत ।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएका महत्वपूर्ण संम्झौता कार्यन्वयका लागि  नेपालमा चीनको सहयोगमा ग्यास तथा तेल उत्खनन्का लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी गरेको छ ।

चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल टुंंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले लिन सक्ने लाभबारे छलफल गर्न सोही अवधिमा स्वतन्त्र विज्ञ सम्मिलित कार्यदल बनाउने सरकारी योजना रहेको आजको अन्नपूर्णमा समाचार छ ।

नेपाल र चीनबीच स्वतन्त्र व्यापार (एफटिए) का लागि सम्भाव्यता अध्ययन अघि बढाउन चिनियाँ पक्षसँग संवाद गर्न टोली गठन गरिने छ । एफटिएको विविध पक्षबारे स्वतन्त्र अध्ययन गर्न एक अनुसन्धान टिम गठन गरिने छ ।

चिनियाँ सहयोगको हिल्सास्थित सियार्वा नदीमा पुल बनाउन परराष्ट्रले कूटनीतिक तहमा चीनसँग कुरा गर्ने छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण चार दिनपछि सुरु हुँदैछ । त्यसका लागि चिनियाँ सहुलियत ऋण, मिश्रति ऋणलगायतका विषयमा चिनिायँ पक्षसँग परराष्ट्र, अर्थ र पर्यटन मन्त्रालयले नियमित सहकार्य र समन्वय गर्नेछ ।