यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ–फ्र्रान्सेली राजदूत. काठमाडौं, २४ चैत ।. एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागी फ्र्रान्सेली राजदूत एभेस कारमोनबीच भेटवार्ता भएको छ ।. भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा बारे सोधेका थिए । जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूर्ण रुपले समर्थन गरेको बताए ।उनले भने , ‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ ।’. अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताए । उनले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताए । उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताए ।. भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताए ।.
नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ–फ्र्रान्सेली राजदूत
काठमाडौं, २४ चैत ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागी फ्र्रान्सेली राजदूत एभेस कारमोनबीच भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा बारे सोधेका थिए । जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूर्ण रुपले समर्थन गरेको बताए ।उनले भने , ‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ ।’
अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताए । उनले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताए । उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताए ।
भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताए ।