अल्पमतमा परेका वैद्य अब के गर्लान ?

काठमाडौं , २२ चैत ।

downloadयही चैत १२ गतेबाट सुरु भएको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको ‘नयाँ जनवादी क्रान्तिलाई दह्रोसंग पक्रिनु पर्छ ’ भन्ने प्रस्ताव अल्पमतमा परेको छ । प्रस्ताव अल्पमतमा परेपछि आफ्ना पुराना सहकर्मीहरुसंग टाढीन मात्र पुगेका छैनन्, वैद्य चैतेहरुको टेकोले थाम्न नसक्दा कमाजोर बनेका छन् । महासचिव रामबहादुर थापाले राखेको ‘माओवादी आन्दोलनले धक्का खायो , यसमा पुन नयाँ बहस गर्दै नयाँ ढंगले माओवादी आन्दोलन पुनर्गठन गर्नुपर्छ ’ भन्ने प्रस्तावका पक्षमा बहुमत केन्द्रीय सदस्य देखिएपछि वैद्य आफ्नै नेतृृत्वको पार्टीभित्र अल्पमतमा परेका हुन् ।

क्रान्तिकारी माओवादीको केन्द्रीय समितिमा महासचिव थापाको ‘माओवादीहरुबीच बृहत् एकता गरेर अघि बढ्नुपर्ने ’पक्षमा बहुमत केन्द्रीय सदस्य देखा परेपछि अध्यक्ष वैद्यको नेतृत्वप्रति नै प्रश्न चिन्ह खडा भएको छ । १ सय ९९ केन्द्रिय सदस्यमध्ये अध्यक्ष वैद्यको प्रस्तावको पक्षमा परि थापाबाट आएका ३२ जना केन्द्रीय सदस्यले समर्थन जनाएका थिए । परि थापा र आफ्ना पार्टीका केही सदस्यले साथ दिंदा पनि अध्यक्ष वैद्य अल्पमतमा परेका हुन् । अध्यक्ष नै अल्पमतमा परेपछि यो पार्टीभित्र अहिले नेतृत्वमा संकट परेको र वैद्यलाई नेतृत्व छाड्न नैतिक दबाब परेको छ ।
कम्युनिष्ट पार्टीभित्र अध्यक्षको प्रस्ताव अल्पमतमा परेपछि कि त अध्यक्षले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने हुन्छ कित केन्द्रीय समितिको बहुमत पक्षले अल्पमतमा परेका अध्यक्षलाई हटाएर बहुमत प्राप्त प्रस्तावका प्रस्तोताले नेतृत्व लिनु पर्ने हुन्छ । वैद्यका अगाडी कि महासचिब थापाको प्रस्तावलाई स्वीकार गरेर माओवादी एकताको पक्षमा जानुपर्ने विकल्प छ भने कि अध्यक्षबाट राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने विकल्प छ । आजको साँघु साप्ताहिकमा खबर छ ।