यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
धनुषाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै. जनकपुरधाम,२१ चैत ।. धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको छ ।. सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालद्वारा उक्त जानकारी दिइएको हो । तथ्याङ्कअनुसार गत वर्ष यस जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको सङ्ख्यामा वृद्धिका कारण यो जिल्लाले सङ्ख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको छ ।. विसं २०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०/७१ देखि पहिलो स्थान ओगटेको छ । ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।. वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् ।. अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ ।. वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ ।. तथ्याङ्कअनुसार ०७१÷७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको सङ्ख्या अधिक देखिएको छ । रासस.
धनुषाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै
जनकपुरधाम,२१ चैत ।

धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको छ ।
सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालद्वारा उक्त जानकारी दिइएको हो ।
तथ्याङ्कअनुसार गत वर्ष यस जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको सङ्ख्यामा वृद्धिका कारण यो जिल्लाले सङ्ख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको छ ।
विसं २०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०/७१ देखि पहिलो स्थान ओगटेको छ । ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।
वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् ।
अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ ।
वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ ।
तथ्याङ्कअनुसार ०७१÷७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको सङ्ख्या अधिक देखिएको छ । रासस