प्र्रेमीले फसाए..
२१ चैत, काठमाडौं ।
पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाइ ।
३७ वर्षीया उनी जागिरको खोजीमा थिइन् ।त्यही क्रममा क्रेष्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्यो ।
क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो । २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन् ।
एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन् । केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए । अनि पासपोर्ट बनाउन अह्राए ।
छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर आरोपमा केही दिन अघि मात्र उनी नेपालमा पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।