जो जुकै भएपनि कालाबजारी र भ्रष्टाचारीलाई नछाड्ने विद्यार्थीको चेतावनी
नाकाबन्दीको आवरणमा देशभर कालाबजारी र भ्रष्टाचार मौलाईरहेको परिवेशमा त्यसको विरोध गर्दैै विदार्थीहरु सडकमा उत्रेका छन् । सत्तारुढ दल एनेकपा माओवादी, नेकपा एमाले र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनका नेताहरुले कालाबजारी र भ्रष्टाचारको विरुद्धको आन्दोलन चर्काउने बताएका छन् ।
विरोध र्यालीपश्चात रत्नपार्कमा आयोजित कोणसभामा बोल्दै एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, नेकपा एमाले निकट अनेरास्ववियुका अध्यष नवीना लामा, नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका प्रबक्ता युपी लामीछाने र बैद्य माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी का उपाध्यक्ष विरेन्द्र बस्नेतले कालाबजारी र भष्टाचारको विरद्ध आफूहरु सडकमा आएको र आन्दोलन झन चर्काउने बताएका हुन् ।
कालोवजारी,महङ्गी र भ्रष्टाचारका विरुद्ध संयुक्त विद्यार्थी संगठनको नामबाट निकालिएको जुलुश भृकुटीमण्डपवाट शुरु भई पुतलीसडक, वागवजार हुँदै रत्नपार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
सभामा वोल्दै एमाओवादी निकट अखिल९क्रान्तिकारी०का उपाध्यक्ष रञ्जित तामाङले कालोवजारी र भ्रष्टाचारका मतियारहरु सिहंदरवार भित्रै संरक्षित रहेका भन्दै उनीहरुको आलोचना गरेका थिए । ३नेविसंघका प्रकक्ता युपि लामिछानेले कालावजारीलाई घुडा टेकाएरै छाड्ने बताए भने अनेरास्ववियुकी अध्यक्ष नविना लामाले ूकालोवजारीको अन्त्य नहुंदासम्म संयुक्त आन्दोलन जारी रहने बताइन् । कार्यक्रममा अखिल छैठौ०का अध्यक्ष अनिलकिशोर घिमिरे,अखिल पाँचौ०का अध्यक्ष घनश्याम मिश्र लयायतले पनि बोलेका थिए । ।
यसैबीच अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र वस्नेतले सिंहदरबारमा लुकेर वसेका कालोवजारीहरुको मुकुण्डो नउतारिंदासम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् मूलखबरसँग कुरा गर्दै बस्नेतले आफुहरु एमाओवादी वा जो जुकै भएपनि कालाबजारी गर्ने, भ्रष्टाचार गर्ने र तीनलाई संरक्षण गर्नेलाई आफूहरुले नछाड्ने बताए ।