वेष्टइन्डिज टी ट्वान्टी क्रिकेटको फाइनलमा
काठमाडौं,१९ चैत ।
आयोजक भारतलाई हराउँदै वेस्ट इन्डिज ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
भारतको मुम्बईमा गएराति घरेलु टोलीले दिएको १९३ रनको लक्ष्य पाहुना टोली वेस्ट इन्डिजले खेलमा २ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गयो । वेस्ट इन्डिजको जितमा नायक साबित भएका लेण्डल सिमोन्सले ८२रन जोडे ।
त्यस्तै जोनसन कार्लेसले ५२ रन बनाए । आन्द्रे रुसेल ४३ रनमा अविजित रहे । क्रिस गेल ५ रनमै पभेलियन फर्के । जसप्रित भुमराले पहिलो विकेटका रुपमा गेललाई बोल्ड गरेका थिए । अन्य विकेट आसिस नेहरा र बिराट कोहलीले लिए ।
यसअघि मुम्बई स्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ईण्डियाले २ विकेट गुमाएर १ सय ९२ रनको योगफल तयार पारेको थियो । उसका बिराट कोहलीले ८९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ओपनर रोहित शर्माले ४३ र अजन्क्या रहानेले ४० रन बनाए ।
उपाधिका लागि वेष्ट ईण्डिज र ईङल्याण्डबीचको खेल पर्सी आईतबार हुनेछ ।