एमाओवादी स्थायी समिति बैठक नाराणकाजी निवासमा
ललितपुर, १६ चैत
एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक पहिलोपटक उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास हात्तिबनमा बसेको छ ।
उपाध्यक्ष श्रेष्ठ नाकको हड्डीको शल्यक्रिया गरी निवासमै आराम गरीरहेकाले उनकै निवासमा स्थायी समिति बैठक आयोजना गरिएको हो ।
यस अघि अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट वा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै आएको स्थायी समितिको बैठक पहिलोपटक उपाध्यक्ष निवासमा बसेको हो ।
बैठकमा पार्टीको पछिल्लो केन्द्रयि समितिको बैठकका निर्णय कार्यान्वयनबारे ठोस कार्ययोजना बनाउने र केही केन्द्रीय सदस्यहरु थप गर्नेबारे पनि छलफल हुने बताइएको छ । त्यसैगरी पाटीृ एकताबारे पनि प्रक्रिया समेत टुंग्याउने गरी छलफल हुने बताइएको छ ।