इजिप्टमा विमान अपहरण, पाइलट र विदेशीबबाहेक ५२ यात्रु रिहा, अपहरणकर्ता इब्राहिम समाहा
काठमाडौं, १६ चैत
आन्तरिक उडान भर्ने क्रममा अलेक्ज्यान्द्रियाबाट कायरो आइरहेको इजिप्ट एयरलाइन्सको विमान मंगलबार विहान ८ ३० बजे अपहरीत भएको छ । उक्त प्लेनलाई साइप्रसको लारनाका अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । साइप्रसको रेडियोले प्लेनको आकस्मिक अवतरण गरेको पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहान ८ः३० मा प्लेनको आकस्मिक अवतरण गर्ने सूचना आएको ८ः५० अवतरण गरिएको हो ।
अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट अपहरणकारीले चार जना विदेशी नागरिक र चालकदलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा गरेका छन्।
इजिप्ट एयरले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार अपहरणकारीसँग वार्ता गरी सबै ५२ यात्रुलाई रिहा गरिएको हो।
उक्त फ्लाइटका क्याप्टेन अमर(अल(गमालका अनुसार विमानका एक यात्रीको शरीरमा विष्फोटक पदार्थ रहेको दावी गर्दै बिमानलाई साइप्रसमा जबर्जस्ती अवतरण गराएका थिए। विमानमा कति अपहरणकारी छन् भन्ने स्पष्ट हुन सकेको छैन।
इजिप्ट एयरका अनुसार विमानमा ५६ यात्रु र ७ जना चालक दलका सदस्य छन्।
विमान इजिप्टको अलेग्जेन्ड्राबाट राजधानी कायेरो तर्फ उडेको थियो।
इजिप्टको मिडियाले अपहरणकर्ता इब्राहिम समाहा रहेको बताएको छ । यद्यपि, उसको बारे बाँकी जानकारी दिइएको छैन ।
रोयटर्स भने अपहरणकर्ताको पूरा नाम इब्राहिम अब्देल तवाब समाहा रहेको र उनी अलेक्सान्द्रिया विश्वविद्यालयमा भेटनरी औषधिको प्राध्यापक रहेको बताएको छ । अलजजिरामा पनि अपहरणकर्ताको पूर्वपत्नी साइप्रसमा रहेको र व्यक्तिगत कारणले विमान अपहरण गरिएको बताएका छन् ।
यसअघि सन् १९८८ मा बैंककबाट कुवेत आइरहेको कुवेत एयरलाइन्सको विमान पनि यही विमानस्थलमा राखिएको थियो । त्यहाँ १६ दिनसम्म अपहरण गरेर राखिएको थियो जसमा दुई बन्धकको ज्यान गएको थियो ।