दलहरुबीच एकता नभए प्राप्त उपलब्धी गुम्ने खतरा छ–अनन्त
एकिकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले नेपाली कांग्रेसलाई सहभागी गराएर राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् ।उनले सबै दलहरुबीच एकता नभए प्राप्त उपलब्धी गुम्ने खतरा रहेकाले कांग्रेस सहितको राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने अबको आबश्यकता भएको धारणा राखे ।क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अनन्तले ७४ सालसम्म संविधान कार्यान्वयन हुने आशा व्यक्त गरे ।
संविधान कार्यान्वयनका लागि अझै ४ सय बढी कानुनहरुलाई परिमार्जन र करिब डेढ सय नयाँ कानुन बनाउन बाँकी रहेकाले यसका लागी राष्ट्रिय सरकार बन्नुपर्ने नेता अनन्तको जोड थियो ।
संविधान कार्यान्वयनका लागि केन्द्रीय निर्वाचन, प्रान्तीय निर्वाचन र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने अनन्तको भनाई छ ।