पाकिस्तानमा आत्मघाती विस्फोटबाट मृतकको संख्या ६९ पुग्यो
पाकिस्तानको लाहोरमा आत्मघाती वम बिस्फोटबाट मृृत्यु हुनेको संख्या ६९ पुगेको छ । पंजाव प्रान्तको राजधानी लाहोरमा भएको विस्फोटमा घाईते हुनेको संख्या झण्डै २ सय पुगेको विविसीले जनाएको छ । लाहोरका डेपुटी कमिस्नर मोहम्मद उस्मानका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेका छन् ।
गुलशन पार्कको गेट नजिक भएको विस्फोटको जिम्मा विद्रोही समूह तालिवानको पाकिस्तानी समूहले लिएको जनाईएको छ ।
एको छ ।
अहिले शहरका सबै अस्पतालमा इमर्जेन्सी घोषणा गरिएको बताइएको छ । लाहोरमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय प्रहरीलाई उदृत गर्दै पिटीआईले जनाएको छ ।शहरमा तिन दिने शोकको घोषणा गरिएको छ ।