महँगोमा बिक्री गर्ने शुभ र रचना ग्यास मालिक पक्राउ

काठमाडौं, १२ चैत ।

gasग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने श्री शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक  बाग्लुङ काँडेबाँस–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

श्री शुभले ओम ग्यास भरिएका ३७ थान र रचनाले सुगम ग्यासका भरिएका १८ थान सिलिन्डर प्रहरीले बरामद गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।