के साथी र सरदार उस्तै हुन ?
फुलको आँखामा फुलै संसार काँडको आँखामा काँँडा संसार भन्ने त सुनिएकै हो तर के साथी र सरदार उस्तै हु्न् र ? तपाईलाई के लाग्छ र? प्रगतिशील युवा साहित्यकार बलराम तिमल्सीना प्रस्न गर्छन् किन फूल र अंगार उस्तै उस्तै लाग्छ, लुटेरा र सरकार उस्तै उस्तै लाग्छ, किन प्यार र तरवार उस्तै उस्तै लाग्छ। प्रस्तुत छ गजलमा खुलेका साहित्यकार कवि तिमिल्सीनाको गजल ।
किन फूल र अंगार उस्तै उस्तै लाग्छ ?
झ्यालखाना र घरबार उस्तै उस्तै लाग्छ !
कानून वा मौका मिलाएर लुट्छन दुवै
र त लुटेरा र सरकार उस्तै उस्तै लाग्छ
पक्कै योभित्र मेरा पूर्खा पुरिएका होलान !
र त चिहान र दरवार उस्तै उस्तै लाग्छ
मान्छे उसै झुक्किदैन सुन र पित्तलमा !
किन साथी र सरदार उस्तै उस्तै लाग्छ ?
यो मुक्ति पागल त नभएको हुनु पर्ने हो
किन प्यार र तरवार उस्तै उस्तै लाग्छ ?