यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पाकिस्तानमा होली मनाउने क्रममा १७ को मृत्यु ,३७ अस्पताल भर्ना. पाकिस्तानमा होली मनाउने क्रममा १७ को मृत्यु,३७ अस्पताल भर्ना. काठमाडौं,१० चैत ।. पाकिस्तानमा होली मनाउने क्रममा १७ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीको बसोबास रहेको टाँडो मुहम्मद खान जिल्लामा सो घटना भएको हो ।. दक्षिणी पाकिस्तानमा भएको सो घटनामा ३७ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।. अधिकारीहरुका अनुसार होली मनाउने क्रममा घरेलु मदिरा सेवन गर्दा १७ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।. पाकिस्तानमा पहिलो पटक होलीमा सार्वजनिक विदा घोषणा गरिएको छ । अल्पसंख्यक हिन्दुका लागि पाकिस्तानमा सार्वजनिक बिदाले उत्साह थपेको थियो । तर होलीको पूर्वसन्ध्यामा मंगलबार भएको यो घटनाले सो क्षेत्रलाई शोकमा डुबाएको छ ।. प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पाकिस्तानमा गैर मुस्लिमका लागि मदिरा बेचबिखनका लागि सीमित केहीलाई मात्र इजाजत दिइएको छ । (एजेन्सी).
पाकिस्तानमा होली मनाउने क्रममा १७ को मृत्यु ,३७ अस्पताल भर्ना
काठमाडौं ,१० चैत ।

पाकिस्तानमा होली मनाउने क्रममा १७ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीको बसोबास रहेको टाँडो मुहम्मद खान जिल्लामा सो घटना भएको हो ।
दक्षिणी पाकिस्तानमा भएको सो घटनामा ३७ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।
अधिकारीहरुका अनुसार होली मनाउने क्रममा घरेलु मदिरा सेवन गर्दा १७ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।
पाकिस्तानमा पहिलो पटक होलीमा सार्वजनिक विदा घोषणा गरिएको छ । अल्पसंख्यक हिन्दुका लागि पाकिस्तानमा सार्वजनिक बिदाले उत्साह थपेको थियो । तर होलीको पूर्वसन्ध्यामा मंगलबार भएको यो घटनाले सो क्षेत्रलाई शोकमा डुबाएको छ ।
प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पाकिस्तानमा गैर मुस्लिमका लागि मदिरा बेचबिखनका लागि सीमित केहीलाई मात्र इजाजत दिइएको छ । (एजेन्सी)